Monday, May 11, 2015

अष्ट्रेलियाबासी लामाद्वारा भूकम्प पीडितलाई राहत

नवाकोट । भूकम्प पीडित ८० घर परिवारलाई अष्ट्रेलियामा बस्दै आएका सध्या लामा दिदी बहिनीले राहत वितरण गरेका छन् ।
आइतबार सध्या लामाले पठाएको राहत उनकी दिदी लक्ष्मी लामाको नेतृत्वमा गएको टोलीले नुवाकोटको चतुराले–६ मा वितरण गरेको हो ।
बेशाख १२ गते गएको महाभूकम्पमा परी घर भत्तिकएर चौरमा बस्दै आएका पीडित परिवारलाई १० किलो चामल, केराउ, चना, तेल, नुन, साबुन, ब्लाङ्केट र त्रिपाल वितरण गरेको हो । उक्त सामन प्रत्येक परिवारलाई वितरण भएको हो ।
नुवाकोटको चतुराले गाविसमा ७ सय १९ घरधुरी रहेको छ । भूकम्पमा परी वडा नम्बर ६ को सम्पूर्ण घरहरू बस्न नमिल्ने गरी भत्किएको स्थानीय अर्जुन तामाङले बताए । ४ हजार २४८ जनसंख्या रहेको गाविसमा १० जनाको मृत्यु  भएको छ । भूकम्पमा परी १ सय ३५ घाइते भएको छ ।
गाविसको सात वटै विद्यालय र स्वास्थ्य चौक पूर्ण क्षति भएको स्वास्थ्य चौकी प्रमुख जीवन भट्टराईले बताए । चतुराले नुवाकोट–१ नम्बर क्षेत्रमा पर्छ । घर भत्किएर पूर्ण क्षति भएपनि सभासद अर्जुननरसिंह केसी, पूर्व सभासद विमता सुवेदी र पूर्व संसद प्रकाशचन्द्र लोहनी गाउँ नपुगेको पीडित सोमबहादुर तामाङले बताएका छन् ।
अष्ट्रेलियामा बस्दै आएका लामाको संयोजनमा उठेको रकमले धादिङको डाँडागाउँ र दोलखामा रहेका करिव ४ लाख बराबरको हात वितरण गरिने लक्ष्मी लामाले बताए ।
 

नेपालमा भूकम्प र यसले निम्त्याएको विनाश

मृत्यु–७,९०४।
घाइते–१५,९३५।
घर पूर्ण भत्किएको– २,८८,७९८।
घर आंशिक क्षति–२,५४,११२।
विस्थापित–६,६९,७७५।
वेपत्ता नेपाली–२६४
वेपत्ता विदेशी–१११।
काठमाडौ । बैशाख १२ गते शनिबार ११.५६ बजे गएको भूकम्प कम्पनको हिसावले दोस्रो भएपनि विनाशको हिसावले नेपालमै सबभन्दा ठूलो विनासकारी भएको छ । 
बैशाख १२ र १३ गते गएको महाभूकम्पमा परी शनिबारसम्म मर्नेको संख्या ७ हजार ९०४ जनाका पुगेको गृह मन्त्रालयले प्रकाशित विज्ञप्तिमा उल्लेख छ । घाइतेहुनेको सङख्या १५ हजार ९३५ रहेको छ ।
महाभूकम्पबाट संकट ग्रस्त घोषित १४ वटा जिल्लाहरूमा १० हजार ३ सय ९२ वटा सरकारी भव क्षतिग्रस्त भएको छ । जस मध्ये ९ हजार ९ सय ९० वटा भवन राजधानीमै परेको सरकारी तथ्यांक छ । ती जिल्लाहरूमा २ लाख ८८ हजार ७९८ वटा निजी घर पूर्णरुपमा क्षति भएको विवरण गृह मन्त्रालयले जनाएको छ । २ लाख ५४ हजार ११२ वटा घरमा आंशिक क्षति पुगेको छ ।

तथ्याङ्क आउन बाँकी रहेकोले भूकम्पबाट भएको यो क्षति नेपालमा अहिलेसम्मकै सबभन्दा ठूलो हो । नेपालको इतिहासमा १९९० माघ २ गते यस्तै विनाशकारी भूकम्प गएको थियो । संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्र बिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भुकम्प कम्पनको हिसावल सबभन्दा ठूलो भूकम्प हो ।
त्यो भूकम्पमा परी ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा करीब चार हजार ५ सय जनाले ज्यान गुमाएका थिए । त्यसवेला विद्यालय, घर, मन्दिर र पाटीपौवा गरी दुई लाख सात हजार ४० वटा भवन भत्किएको तथ्याङ्क छ ।
२०७२ बैशाख १२ गते गोरखा र लमजुङको सीमा बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको भूकम्प कम्पनको हिसावले दोस्रो ठूलो हो । विनाशको हिसावले नेपालकै ठूलो विनासकारी भूकम्प मान्न सकिन्छ ।
२०७० असोज २ मा सिक्किम र ताप्लेजुङको सीमामा केन्द्रविन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्पले पनि पूर्वी नेपालमा ठूलो क्षति पुर्‍याएको थियो ।
२०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको भूकम्पले पनि क्षति पुर्‍याएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी ७ सय ५० जनाको ज्यान गएको थियो । त्यसवेला छ हजार ५ सय भन्दा बढी घर भत्किएको थियो ।
१२१८ सालको असार शुक्ल तृतीया सोमवार गएको ७.७ रेक्टर स्केलको भूकम्पमा परी राजा अभय मल्लको मृत्यु भएको थियो । सो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । त्यसबेला एक महिनासम्म शहर छोड्नु परेको बताइन्छ । १३१६ सालमा पनि यस्तै विनाशकारी भुकम्प गएको थियो ।
१४६५ सालमा आएको भूकम्पले रातो मछिन्द्रनाथको मन्द्रिर लगायत दर्जनौ मन्दिर ढलेका थिए । १८२४ सालको असार १ गते एक दिनमा २१ पटक भूकम्पको गएको थियो ।
नेपालमा १८६७ जेठ १० गते गएको भूकम्पले काठमाडौं र ललितपुरमा ठूलो मात्रामा मन्दिरहरू भत्किएको थियो । १८८० सालमा यमपञ्चकका दिन १७ पटक भूकम्पको धक्का महसुस भएको थियो ।
त्यसैगरी १८९० भदौ १२ गते सोमबार बेलुका आएको विनाशकारी भूकम्पले काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै भत्किएको थियो । सोही बर्षको असोज १० गते राति र १८९१ असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गएको थियो ।
साल           ररेक्टर स्केल      कति क्षति
१९९०           ८.५            ८५१९ जना
२०७२           ७.९            ७ हजार ९०४ (पुरा विवरण आउन बाँकी)
२०४५           ६.७            ७५० जना
२०७०           ६.८            पूर्वी नेपालमा क्षति
१२१८           ७.७            राजा अभय मल्लको समेत मृत्यु
विश्वका ठूला भूकम्प
चिलीमा १९६० सुनामी ल्याएको ९.५ रेक्टर स्केल, कम्तिमा १ हजार ७ सयको मृत्यु
अलास्का, १९६४, ९.२ रेक्टर स्केल, १ सय ३१ को मृत्यु
इन्डोनेसिया,२००४, ९.१ रेक्टर स्केल,वरिपरिको मुलुकमा समेत गरी सुनामीमा २ लाख ३० हजारको मृत्यु
हाइटी, २०१०, ७ रेक्टर स्केल २ लाख २० हजारको मृत्यु
जापान, ९ रेक्टर स्केल, सुनामीको समेत प्रकोप, १८ हजारको मृत्यु
रुस, १९५२, ९ रेक्टर स्केलको, हताहती भएन