Friday, November 13, 2009
अबैध सामान मरामद
मोरङको रंगेलीहुदै भारतबाट ल्याउदै गरेको रासायनिक मल सहितको करिव १ लाख बराबरको अबैधसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिश्चरे स्थिति भुटानी शरणार्थी शिविर सुरक्षार्थ शसस्त्र प्रहरी बेश क्याम्पले यात्रुबाहक बसमा पथरी ल्याउदै गरेको १२ बोरा डी। ए। पी। र ९ बोरा युरिया मल चिनी २ बोरा १ टिन खानेतेल र २ थान कपडा नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सो अबैध सामान सुक्रकारै विराटनगर भन्सार कार्यालयलाई बुझाएको शसस्त्र प्रहरी नायव निरीक्षक केशव सुबेदीले बताउनु भयो ।
बस ब्याबसाय संघको १३ औ बार्षिक साधारण सभा
मोरङ बस ब्याबसाय संघको १३ औं बार्षिक साधारण सभा सुक्रबार मोरङको पथरीमा समापन छ ।साधारणसभाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल यातायात ब्याबसायी महासंघको सल्लाहाकार संयोजक हिरा उदास सोही संगठनको कोशी अाचल अध्यक्ष रमेश भण्डारी लगायतले सभा सफल्ताको शुभकामना मन्तब्य राख्नु भएको थियो । मोरङ बस ब्याबसाय संघको अध्यक्ष कुमार तामाङको सभापतित्व भएको सो साधारणसभाले नयाँ कार्यसमिति चयन हुने बताईएको छ ।
म्ारुती पल्टिदा एक घाइते
मोरङको पथरी जय चौक सडक खण्डमा पूर्व गइरहेको को १ च ४०६१ नम्बरको मारुती भेन सुक्रबार अचानक पल्टिदा एकजना गम्भीर घाइते भएको छ ।
जय चौकको सडक उत्तरमा भेन पल्टिदा सो भेन चालक अनारमनी-४ झापाको राजकुमार गुप्ता गम्भीर घाइते भएको हो । टाउको र जीउमा गम्भीर चोट लागेको गुप्तालाई उपचारको लागि भारतको शिलिगुडी पठाइएको पथरी चौकीले जनाएको छ ।
जय चौकको सडक उत्तरमा भेन पल्टिदा सो भेन चालक अनारमनी-४ झापाको राजकुमार गुप्ता गम्भीर घाइते भएको हो । टाउको र जीउमा गम्भीर चोट लागेको गुप्तालाई उपचारको लागि भारतको शिलिगुडी पठाइएको पथरी चौकीले जनाएको छ ।
Sunday, November 1, 2009
अष्टक्ष्मीमा पुनः राई
पथरी÷मोरङको पथरीमा स्थिापित माहिलाहरुद्वारा साचालित अष्टलक्ष्मी वचत तथा ऋण सहकारी सस्था लिमिटेडको तेस्रो साधारण सभाले पुनः बिना राईको अध्यक्षतामा ११ सदस्यिय समिति सर्वसहमत चयन हुनु भएको छ ।समितिको उपाध्यक्षमा लक्ष्मी थापा सचिवमा दुर्गा दंगाल सहसचिवमा मेनुका राई कोषाध्यक्षमा विष्णु विष्ट चयनहुनु भएको हो ।समितिको सदस्यहरुमा सरोजा खड्गी कबिता राई निर्माला ढकाल हिमा खत्री गोमा खड्का र विन्दा विष्ट सर्वसहमत चयनहुनु भएको हो । सधारान सभाले बिना सुवेदीलाई लेखा समितिको संयोजकमा चयन गरेको छ ।
नवप्रतिभाको दशौं बार्षिक उत्सव समापन
पथरी÷मोरङको शनिश्चरे-१ स्थित नव प्रतिभा बाल केन्द्रले आइतबर बिभिन्न ब्याक्तीलाई सम्माण गरी आफ्नो दशौं बार्षिक उत्सव मनाएको छ ।क्लबलाई सहयोग पुर् याउने ब्याक्तीहरु गायककार अमिर राई पत्रकार भुपेन्द्र ति_िम्सना र क्लबका पूर्व पदाधिकारीहरु लोकबहादुर चौहान सरु चौलागाई बिनिता रसाइली केशरजंङ्ग तामाङ्ग र बम सुब्बालाई सम्माणपत्रले सम्माण गरेका हुन् । क्लबको अध्यक्ष उत्तम राईको सभापतित्वमा भएको कार्यक्रममा नुत्यप्रतियोगिता र नेपालको बजेट तथा बिग्रदो मोबाईलको नेटवर्क सम्बन्धि हास्य ब्याङ्या समेत प्रदर्शन गरिएको थियो ।
ुआन्दोलन दमन गरे प्रतिकार हुन्छु ःबुढाथोकी
पथरी÷एकिकृत माओवादीको केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले नागरिक सर्बोच्चता शान्ति र संविधान निर्माणको लागि संघर्षमा उत्रिएको नेपाली जनतालाई बर्तमान सरकारले दमन गरे आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनि दिनुभएको छ ।संयुक्त राष्ट्रिय जनआन्दोन नेपालको मोरङ-२ नम्बर प्रथम क्षेत्रीय भेलालाई आइतबार पथरीमा सम्बोधन गर्दै नेता बुढाथोकीले सो कुरा बताउनु भएको हो ।सर्बसत्तावादी तथा यथास्थितिबादी बिरुद्धको संघर्षको उत्सवमा उत्रन सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीद्वारा गठन भएको संयुक्त राष्ट्रिय नजआन्दोलन समितिको कोचिला राज्य समितिको ईाचार्ज समेत रहनुभएको बुढाथोकिले नागरिक सर्बोच्चताको अन्तिम लडाईमा न्यायप्रेमी बामपन्थि गणतन्त्र र देशभक्त शक्तिहरु समेत खुलेर आउने भएको जनाउदै जनआन्दोलन समितिलाई संयुक्त मोर्चाकोरुपमा स्थापित गर्दै लगिने बताउनु भयो ।प्ार्टी भित्र बैचारिक र भावनात्मक एकताबद्ध भएको जनाउदै अधुरो र अपुरो क्रन्ति सम्पन्न गर्न राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थिति अनुकुल भएको बुढाथोकीको तर्क थियो । पार्टीको संघर्षले सामन्तबाद ढलेको बताउदै एथास्थितिवादी शक्तीलाई अहिलेनै परास्त नगरे नेपाली जनाताले लामो समय सम्म दुःख भोग्नु पर्ने उहाले बताउनु भयो । बुढाथोकीले कार्तिक २३ गते बिशाल जनसभा मार्फत कोचिला स्वायत्त गणराज्य घोषणा गर्ने काठमाडौं उपत्यका नाकाबन्दी र २६ र २७ गते यथास्थितिबादीहरुको नाइकेहरुको केन्द्रकोरुपमा रहेको िसंहदरबार लाखौं जनताले घेराउ गर्ने कार्यक्रम रहेको बताउनु भयो । क्रान्तिको शान्तिपूर्ण संघर्षको रुपमा स्थानीय निकायदेखि िसंहदरबार सम्म घेराउ र नाकाबन्दी गर्दा समेत राष्ट्रपतिको कदम नसच्चिए बिद्रोहको कडा संघर्ष आउने निश्चित भएको जनाउदै सो बर्तमाण संघर्ष संगै त्यसको तयारीमा लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।आन्दोलन पश्चात पार्टी सरकारमा जाने बाताबरण निर्माण भए सत्तालाई समेत सर्बहारा सत्ता स्थापनाको औजारकोरुपमा प्रयोग हुने नेता बुढाथोकीले बताउनु भयो ।भेलाले सीताराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्सिय २ नम्बर क्षेत्रीय संयुक्त जनआन्दोलन समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा महेश्वर राजवंशी सुर्य किराती सचिवमा रामकुमार राई र सहसचिवमा भक्त धिमाल चयन हुनुभएको छ ।सो समितिको आयोजनामा पार्टी केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीको नेतृत्वमा शनिबार साँझ पथरीमा करिव ८ सय कार्यकर्ताको सहभागीता राँके जुलुस प्रदर्शन भएको थियो ।
Subscribe to:
Comments (Atom)