Sunday, November 1, 2009

ुआन्दोलन दमन गरे प्रतिकार हुन्छु ःबुढाथोकी

पथरी÷एकिकृत माओवादीको केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले नागरिक सर्बोच्चता शान्ति र संविधान निर्माणको लागि संघर्षमा उत्रिएको नेपाली जनतालाई बर्तमान सरकारले दमन गरे आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनि दिनुभएको छ ।संयुक्त राष्ट्रिय जनआन्दोन नेपालको मोरङ-२ नम्बर प्रथम क्षेत्रीय भेलालाई आइतबार पथरीमा सम्बोधन गर्दै नेता बुढाथोकीले सो कुरा बताउनु भएको हो ।सर्बसत्तावादी तथा यथास्थितिबादी बिरुद्धको संघर्षको उत्सवमा उत्रन सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीद्वारा गठन भएको संयुक्त राष्ट्रिय नजआन्दोलन समितिको कोचिला राज्य समितिको ईाचार्ज समेत रहनुभएको बुढाथोकिले नागरिक सर्बोच्चताको अन्तिम लडाईमा न्यायप्रेमी बामपन्थि गणतन्त्र र देशभक्त शक्तिहरु समेत खुलेर आउने भएको जनाउदै जनआन्दोलन समितिलाई संयुक्त मोर्चाकोरुपमा स्थापित गर्दै लगिने बताउनु भयो ।प्ार्टी भित्र बैचारिक र भावनात्मक एकताबद्ध भएको जनाउदै अधुरो र अपुरो क्रन्ति सम्पन्न गर्न राष्ट्रिय-अन्तराष्ट्रिय परिस्थिति अनुकुल भएको बुढाथोकीको तर्क थियो । पार्टीको संघर्षले सामन्तबाद ढलेको बताउदै एथास्थितिवादी शक्तीलाई अहिलेनै परास्त नगरे नेपाली जनाताले लामो समय सम्म दुःख भोग्नु पर्ने उहाले बताउनु भयो । बुढाथोकीले कार्तिक २३ गते बिशाल जनसभा मार्फत कोचिला स्वायत्त गणराज्य घोषणा गर्ने काठमाडौं उपत्यका नाकाबन्दी र २६ र २७ गते यथास्थितिबादीहरुको नाइकेहरुको केन्द्रकोरुपमा रहेको िसंहदरबार लाखौं जनताले घेराउ गर्ने कार्यक्रम रहेको बताउनु भयो । क्रान्तिको शान्तिपूर्ण संघर्षको रुपमा स्थानीय निकायदेखि िसंहदरबार सम्म घेराउ र नाकाबन्दी गर्दा समेत राष्ट्रपतिको कदम नसच्चिए बिद्रोहको कडा संघर्ष आउने निश्चित भएको जनाउदै सो बर्तमाण संघर्ष संगै त्यसको तयारीमा लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।आन्दोलन पश्चात पार्टी सरकारमा जाने बाताबरण निर्माण भए सत्तालाई समेत सर्बहारा सत्ता स्थापनाको औजारकोरुपमा प्रयोग हुने नेता बुढाथोकीले बताउनु भयो ।भेलाले सीताराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्सिय २ नम्बर क्षेत्रीय संयुक्त जनआन्दोलन समिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा महेश्वर राजवंशी सुर्य किराती सचिवमा रामकुमार राई र सहसचिवमा भक्त धिमाल चयन हुनुभएको छ ।सो समितिको आयोजनामा पार्टी केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीको नेतृत्वमा शनिबार साँझ पथरीमा करिव ८ सय कार्यकर्ताको सहभागीता राँके जुलुस प्रदर्शन भएको थियो ।

No comments: