Monday, October 26, 2009
विशेष सुरक्षानीतिको बिरोधमा आज नेपाल बन्द
पथरी÷बर्तमान सरकारले घोषणा गरेको विशेष सुरक्षानीतिलाई जातिय आन्दोलन दबाउन ल्याएको सुरक्षानीति भएको भन्दै कमल छाराहाङ्गले नेतृत्व गरेको राष्ट्रिय आदिबासी जनजाति दलित गणतान्त्रिक मोर्चाले आज मंगलबार एकदिने नेपाल बन्दको घोषणा गरेको छ ।छाराहाङ्गले नेतृत्व गरेको सो संगठनमा बिशेष गरेर जातिय मुक्तीको कुरा उठाउदै आएको शसस्त्र निशस्त्र भुमिगत तथा अर्ध भुमिगत २२ वटा भन्दा बढी संगठनहरु सहभागी रहेको बताउदै आएको छ । मोर्चामा थारुवान आन्दोलन गर्दै आएको लक्ष्मण थारुको संयुक्त थारु संघर्ष समिति हतियार सहित रहेको किरात जनवादी वर्कस पार्टी झापा सुरक्षा समितिद्वारा कार्यक्रम गर्न प्रतिबन्दित पल्लो किरात संघीय लिम्बूवान राज्य परिषद जनसंघीय लिम्बूवान राज्य परिषद साजुहाङ्ग पालुङ्वाको नेतृत्वमा रहेको संघीय लिम्बूवान राज्य परिषद मिसेकहाङ लिम्बूको लिम्बूवान राज्य परिषद क्रान्तिकारी लगायतको संगठनहरुले बन्द सफल पार्न सकि्रय रहने जनाएको छ । यस बन्दमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बूवान राज्य परिषदले भने कुनै प्रतिकृया दिएका छैनन् ।कमल छाराहाङ्ग तत्कालिन संघीय लोकतान्त्रिक राष्ट्रिय माचको केन्द्रीय अध्यक्ष रहेपनि कुमार लिङ्देन संग आन्दोलनको लाइनको विषयमा टकराव भएपछि समानुपातिक सभासद राजकुमार नाल्बोलाई माचको कार्यबाहक अध्यक्ष बनाएर आदिबासी जनजाति दलित तथा मुश्लिमहरुको अधिकार आन्दोलनबाटै स्थापित गर्ने उद्घोष गर्दै गणतान्त्रिक मोर्चा गठन गरेका हुन् । सो मोर्चाले सरकारद्वारा घोषित विशेष सुरक्षानीतिलाई जातिय आन्दोलन दवाउन ल्याइएको जनाउदै पहिलो पटक नेपाल बन्दको घोषणा गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment