Thursday, October 15, 2009

ुराजनैतिक गतिरोध अन्त्यको लागि उच्च स्तरिय समिति आवश्यकुः कोइराला


विराटनगर÷नेपाली काग्रेसको सभापति गिरिजाप्रसाद कोइरालले बर्तमान राजनैतिक गतिरोध अन्त गर्न राजनैतिक पार्टीहरुको सिर्श नेताहरु सहभागी रहेकॊ उच्च स्तरिय समिति गठनहुनु पर्ने बताउनु भएको छ ।
काग्रेसको मोरङ जिल्ला समितिको कार्यालय परिषरमा निर्मित बी।पी। कोइराला र नोना कोइरालाको बिहिबार आयोजित प्रतिमा अनाबरण समारोहमा बोल्दै सभापति कोइरालाले सो कुरा बताउनु भएको हो ।
आफ्नो प्रस्तावप्रति एकिकृत माओवादीको अध्यक्ष प्रचण्ड पनि सकारात्मक भएको भन्दै सो समिति निर्माण भएपछि मात्र बर्तमान राजनैतिक गतिरोध अन्तहुने उहाले बताउनु भयो । उत्त प्रस्तावलाई अन्तराष्ट्रिय समुदायले समेत मनपराएको उहाँको भनाई थियो ।
देशको बर्तमान चुनौतीलाई नेपाली काग्रेसले अबसरको रुपमा लिनुपर्ने कार्याकर्ताहरुलाई निर्देशन दिदै संविधान निर्माण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउने जिम्मेवारी नेपाली काग्रेसको काधमा आएको सभापति कोइरालाले बताउनु भयो ।
ुमेरो डिस्नेरीमा निराशा छैन सधै आशावादी छु कोइरालाले भन्नुभयो ुअन्य पार्टीहरुसंग सहकार्य गरेर देशलाई शान्ति र सबृद्धिमा पुर् याउने शक्ति तपाईहरुले मालाई दिनुहोस ।ु
छोरी सुजता कोइरालालाई गठबन्धन सरकारको उपप्रधानमन्त्री बनाएको विषयमा पार्टीको केन्द्रीय नेताहरुबाट चर्को आलोचना खेपिरहनु भएको कोइरालाले पार्टी भित्रको साना-तिना घट्नाले कुनै महत्व नराख्ने बताउदै राष्ट्र अघि बढाउन एकताबद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
दाजु बी।पी। र भाउजु नोना कोइरालाबाट शिक्षा पाएर आफु राजनीतिमा लागेको स्मरण गर्दै उहाँहरुको योगदानले नै पार्टीलाई यस अबस्थासम्म ल्याएको बताउनु भयो । आफू फेल भएपनि देशलाई फेलहुन नदिने प्रतिबद्धता गर्दै देशलाई सहिदिशामा डोर् याउन आफू दृढ भएर लागिररहेने समेत बताउनु भयो ।
कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य महेश आचार्यलेले एकिकृत माओवादी सैन्य अंगलाई अन्त्य नगरी प्रजातान्त्रिकरुपान्त्रण हुन नसक्नै बताउदै अहिलेसम्म सो पार्टी सैन्य अंग अन्त्य नहुनुमा आफ्नै पार्टीको नेताहरुको समेत कमजोरी रहेको बताउनु भयो । आचार्यले राष्ट्रपतिले चालेको कदम तत्कालिन प्रधानमन्त्रि प्रचाण्डले चालेको कदम सच्याएको मात्र भन्दै अहिले सदनमा छलफलको माग गरिरहेको माओवादी पार्टीले आफु प्रधानमन्त्रीहुदा किन छलफल गरेनन भन्ने उहाँको प्रस्न थियो ।
कार्यक्रममा संघीय मामिला संबिधानसभा संसदिय ब्याबस्था तथा संस्कृति मन्त्री डा। मिनेन्द्र रिजालले पार्टी भित्रको बिबादलाई सतहमा ल्याउन नहुने बताउनु भयो । उर्जा मन्त्री प्रकासशरण महतले एकिकृत माओवादीले नागरिक सर्बोच्चताको नाममा एक दलिए माओवादी सर्बोच्चता ल्याउन खोजेको आरोप लगाउदै आफूहरु जातीय संघीयताको पक्षमा नरहेको बताउनु भयो । उहाँले नेपाल अभाबबै अभाबमा गुजि्ररहेकोले नेपाली जनताको आबश्यकता अत्याधिक भएकोले कुनै मन्त्री र सरकारले एकैचोटी पुरागर्न नसक्ने जनाउदै आफु बिद्युत उत्पादनमा आफ्नो बुद्धी र विबेकले भ्याएसम्म लागिरहने बताउनु भयो । कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा पूर्व गृह्यमन्त्री कृष्णप्रसाद सिटौला लागयतले बोल्नुभएको थियो ।
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कार्यालय परिषरमा निर्मित बी।पी।र नोना कोइरालाको प्रतिमा अनाबरण गर्नुको साथै ट्रेड युनियन काग्रेस पूर्वााचल समितिद्वारा प्रकाशित श्रमिक आवाज मुखपत्र बिमोचन गर्नुभएको थियो । कार्यक्रममा पार्टीलाई योगदान पुर् याउने उमालक्ष्मी शर्मा बीरबहादुर थापा रामबहादुर सिटौला र भरतबहादुर थापालाई सम्माणपत्रले सम्माण गरेका थिए ।

No comments: