Wednesday, October 7, 2009

दर्बेसामा गोल्डकप शूरु

दर्बेसामा गोल्डकप शूरु
पथरी-मोरङको दर्बेसामा बुधाबार देखि ुदर्बेसा गोल्ड कप-२०६६ु फुटबल प्रतियोगिता शूरु भएको छ ।आज भएको उद्घाटन खेलमा दुर्गापुरी फुटबल क्लब दुर्गापुरीलाई ४-१ गोल अन्तरले पराजित गर्दै केरौनको जहदा फुटबल क्लब प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । जहदाको तर्फबाट रबिन धिमालले ह्याटि्रक गरेका थिए भने छविन्द्र राईले आर्को गोल गरेका थिए । दुर्गापुरीको तर्फबाट भने दिलिप सुब्बाले एक गोल फर्काएका थिए । आजको खेलको म्यान अफ द म्याच जहदाका खेलाडि रविन धिमाल घोषित भएका थिए । पसर्ीको खेल पी।एल।ए। चुलाचुली र पिडारमणि स्पोर्टिङ्ग क्लब विराटनगरवीच हुने आयोजक समितिको अध्यक्ष दुर्गा रेग्मीले बताउनु भयो ।

No comments: