मोरङ-टनटलपुर घामको त्याहा कुनै प्रर्बाह थिएन । एक बजेको चर्को घाममा पसिनाले भिजेका युवायुवतिहरुको ठूलो भीडले भनिरहेका थिए एडि्रन दाई एडि्रन दाई…। दशैंको अवसर पारेर मोरङको उर्लाबारीका ुरक भिजनु नामक सस्थाले शनिबार असोज-१० आयोजित कन्सर्टले पूर्वका संगीत पारखी युवा जमातलाई उच्च स्तरिय मनोराजन प्रदान गरेका थिए बिभिन्न कलाकारहरुको प्रस्तुति भइरहदा पनि चर्को माग भइरहे एडि्रनको । जब १९७४ एडीको भोकलिष्ट एडि्रन प्रधान आफ्नो बाध्यबादन सहकर्मीहरु संग माचमा पसे युवा जमातले ठूलो हल्लाले स्वागत गरे । ुनमस्ते एभि्रबडीु प्रधानले दर्शकलाई स्वागत गरे लगतै शूरु भयो मुटुनै थर्किने संगीतको झन्कार । हेर्दा एकै उमेरका जस्ता देखिने तन्नेरी दर्शकका साथ पाएका प्रधानले ुजसो गर जे भन जतासुकै लैजाउ मालाई मन त मेरो नेपाली हो…। गीत गाउदा त्याहा नझुम्ने कमै देखिन्थे । ुयो जमघटले तपाईको माया र प्रेम स्पष्ट देखिरहेको छु दर्शकलाई थप उचाल्दै प्रधानले एकपछि अर्को गर्दै ुमुटु भरी भरी… ुछुदैन तिम्रो मायाले… ुगुराँसै फुल्यो बनैमा…। लगायतका गीतहरु प्रस्तुत गरिरहदा संागीतिक नसामा डुबेका युवायुवतिहरु कोही एकले अर्कालाई माथि उचालिरहेका देखिन्थे भने कोही लगाएको लुगा भेष्ट सट खोलेर माथि माथि फालेर चरम आनन्द लिइरहेका देखिन्थे । चर्चित ब्यान्ड १९७४ एडीको प्रस्तुती हेर्न इलाम झापाको काकडभिट्टा मोरङको विराटनगर सुनसरीको धरान इटहरी लगायतको शहरहरुबाट उर्लाबारीको नेपाल दर्शन उच्च मावि आएका थिए । कार्यक्रममा गायक हिमाल सागरले ुहाँसेर बोलीदेउन मेरी निसा… सहित ३ वटा गीत प्रस्तुत गरेका थिए । सो कार्यक्रममा स्थानीय कलाकारहरुले समेत गीत प्रस्तुत गरी दर्शकलाई मनोराजन प्रदान गरेका थिए । -अर्जुन जम्नेली राई
No comments:
Post a Comment