पथरी-नेपाल आदिवासी जनजाति महासंघ सुनसरीको अध्यक्ष सुजेन्द्र तमाङले झुम्का स्थित पूर्वााचल क्षेत्रीय कारागारमा भएको अर्जुन तामाङ्गको हत्यारालाई सरकारले कारबाही र पीडित परिवारलाई क्षेतीपूर्तनदिई बेवास्ता गरे आन्दोलन अझ कडा बनाउन चेतावनि दिनु भएको छ । छ बर्ष अघि छिमेकी शम्भु राईको हत्या गरेको अभियोगमा जेल सजाय भोग्दै आएको मोरङ टाँडी-४ को अर्जुन तामाङको भदौं २९ गते कारागारमै हत्या भएको पीडित परिवारले बताउदै आएको छ । तामाङको हत्यामा सरकारी कर्मचारी जेलर संजिव निरौला त्याहा कार्यरत प्रहरी नायव निरीक्षक बिमल निरौला र कारागारको नाइकेकैदी-चौकीदार देवकुमार मेहताको हात रहको मृतक अर्जुन तामाङको दाई चन्द्र तामाङको आरोप छ । हत्यापछि अहिले सम्म सरोकारवालाहरुले बेवास्था गरेको भन्दै नेपाल आदिबासी जनजाति महासंघ सुनसरी मोरङ र संघीय लिम्बूवान राज्य परिषद क्रान्तिकारी लगायतका संगठनहरुले सुक्रबार सांकेतिकरुपमा झापा मोरङ र सुनसरी बन्दको घोषणा गरेका थिए पीडित परिवारले मृतक तामाङको शव अहिले सम्म जिम्मा नलिई आन्दोलन गर्दै आएका छन् । आफूहरुले भाईको शव जिम्मा नलिएपछि धरान स्थित बि।पि।sाेइराला स्थास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको मृतकको दाई चन्द्र तामाङले बताए ।
कारागारमा हत्या भएको अर्जुन तामाङ्गको पीडित संघर्ष समितिको अध्यक्ष समेत रहनुभएको सुजेन्द्र तामाङ्गले फोन सम्पर्कमा तीन जिल्ला बन्द गर्दा समेत सरकारी पक्षले बेवास्था गरेको जनाउदै शनिबार आज बस्ने संघर्ष समितिको बैठकले थप आन्दोलनको बारेमा निर्णय गर्ने बताउनु भयो ।
यता मोरङको पथरीमा बन्द सफल पार्न सुक्रबार विहानैदेखि संघीय लिम्बूवान राज्य परिषदक्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष राजीत लिम्बू र मृतक तामाङको दाई चन्द्र तामाङ्गको नेतृत्वमा बन्दकर्ताहरु सकि्रय रहेका थिए । बन्दका कारण सयौ यात्रुहरु दिनभर अलपत्र परेका थिए । पथरी बजार र सरकारी तथा गैरसरकारी संघसस्थाहरु समेत बन्द भएपनि पूर्वी मोरङको उर्लाबारी बेलबारी लेटाङ्ग बजारहरु भने खुल्ला रहेको छ । लामोदुरीको सवारी साधनहरु प्रहरीले स्कटिङ्ग गरेर पथरी पार गरेपनि पूर्व र पश्चिमबाट छुटेर आएका यात्रु तथा मालबाहक सवारी साधनहरु आन्दोलन कर्मीले रोकेर राखेका थिए अर्जुन जम्नेली राई

No comments:
Post a Comment