अर्जुन जम्नेली राई
Thursday, October 8, 2009
कारागारमा गरिएको हत्याको क्षेतीपूर्ती र दोषीलाई कारबाहीको माग गर्दै आज तीन जिल्ला बन्दको घोषणा
पथरी-सुनसरीको झुक्का स्थित पूर्वााचल क्षेत्रीय कारागारमा भएको अर्जुन तामाङ्गको हत्यारालाई कारबाही तथा पीडित परिवारलाई क्षेतीपूर्तीको माग गर्दै मिसेकहाङ लिम्बूको नेतृत्वमा रहेको संघीय लिम्बूवा राज्य परिषद क्रान्तिकारी र पीडित संघर्ष समितिले आजसुक्रबार एक दिन झापा मोरङ र सुनसरी जिल्ला बन्दको घोषणा गरेको छ ।छ बर्ष अघि छिमेकी शम्भु राईको हत्या गरेको अभियोगमा मोरङ टाँडी-४ को अर्जुन तामाङले जेल सजाय भोग्दै आएका थिए । झापाको चन्द्रगडीबाट भदौं २१ गते सरुवा भएको तामाङको भदौं २९ गते सरकारी प्रशासक र कैदीहरुको चरम यातना दिएर हत्या भएको पीडित परिवारले आरोप लगाउदै आएको छ । भाईको हत्यामा कारागारको जेलर संजीव निरौला त्यारा कार्यरत प्रहरी नायव निरीक्षक बिमल निरौला र कैदी देवकुमार मेहताको मिलेमतो रहेको मृतक तामाङको दाई चन्द्र निरौलाको आरोप छ । आरोपित ब्याक्तीहरु संग भने सम्पर्क हुन सकेन् ।हत्याको विषयमा सरोकारवालाहरुले कुनै चासो नदिएको भन्दै संघीय लिम्बूवान राज्य परिषदक्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष राजीत तामाङ र सचिव विषाल किरातीले विज्ञाप्ति प्रकाशन गरी पीडित संघर्ष समितिलाई सहयोग गर्ने जनाउदै बन्दको घोषणा गरेका हन् । क्रान्तिकारीको एक दिने संकेतिक बन्दलाई सरकारले बेवास्था गरे कडा कार्यक्रम सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।यता मृतक तामाङको दाई तथा पीडित संघर्ष समितिका अध्यक्ष चन्द्र तामाङ्गले सुक्रबार तीन जिल्ला बन्दहुने र मागहरु पुरा नभए अझ कडा संघर्ष गर्दै जाने बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment