Monday, October 5, 2009

कोचिलाको माग गर्दै गरिएको बन्दको अंसिक प्रभाव

पथरी÷तराईको आदिबासी जनजातिहरुको छाता सस्था कोचिला स्वायत्त राज्य परिषदले पूर्बी तराइको चारवटा जिल्लालाई कोचिला राज्यको माग गदै आज आयोजित यातायात बन्दले यात्रुहरु प्रभावित भएका छन् ।मंगलबार विहानैदेखि यातायात एक्कासी बन्द भएको कारण मोरङको बेलबारी कानेपोखरी उर्लाबारी लगायतका स्थानमा यात्रुहरु अलपत्र परेका छन् । मोरङको कानेपोखरीमा बन्द गर्न बसेका १२ जना आफ्ना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको परिषदको केन्द्रीय सचिव बद्री राजवंशीले बताउनु भयो । यता इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी निरीक्षक दिलबहादुर सुबेदीले भने सोधबुझ गरेर सबै कार्यकर्ताहरुलाई छाडिएको बताउनु भएको छ । परिषदले पूबी तराईको इलाम झापा मोरङ र सुनसरी जिल्लालाई कोचिला स्वायत्त राज्यको माग गर्दै पहिलो पटक यातायात बन्द गरेका हुन् । एकिकृत माओवादी समर्थित कोचिला राष्ट्रिय मुक्ती मोर्चाका मोरङ जिल्ला सचिव बेदनारायण कोचले समेत कोचिलाको माग गरिएकोहुनाले आफ्नो संगठनको समेत नैतिक समर्थन रहेको बताउनु भएको छ ।

No comments: