Sunday, October 18, 2009

आफ्नै साथिलाई खुकुरी प्रहार

मोरङ पथरी-१ को २२ बर्षिय राजु राईलाई मादक पदार्थ सेवन गरेका आफ्नैसाथीहरुले आइतबार राति धारिलो हतियारले काटेर गम्भीर घाइते बनाएको छ ।राति देउसी खेली सकेर होटलमा नास्ता खाने क्रममा सामान्य विषयलाई लिएर राईलाई खुकुरी प्रहार भएको थियो । टाउको गर्धन र हातमा गम्भीर चोट लागेको राईलाई उपचारको लागि धरान स्थित बी।पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको पथरी चौकी प्रमुख आइत तामाङले बताउनु भयो ।खुकुरी प्रहार गर्नेहरुको पहिचानको लागि तीनजनालाइै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No comments: