Saturday, October 10, 2009

तामाङ विद्यार्थी सम्मानित

पथरी-नेपाल तामाङ घेदुङ्ग संघ पथरीले शनिबार एक कार्यक्रमको आयोजना गरी यस बर्ष पथरीबाट प्रवेशिका परिक्षा पास गर्ने २१ जना तामाङ्ग विद्यार्थीलाई सम्माण गरेको छ ।संघको पथरी इकाई समितिको अध्यक्ष लालाबहादुर तमाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल तामाङको हातबाट विद्यार्थीहरुलाई सम्माणपत्र र शैक्षिक सामाग्रीहरु प्रदान गरी सम्माण गरेका हुन् । संघको जिल्ला सचिव दिलबहादुर तामाङले साचालन गर्नुभएको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ पथरीको अध्यक्ष हरीकुमार राई एकिकृत माओवादीको बेदनिधी खनाल नेपाली काग्रेसको देवीप्रसाद गौतम लगायतले सम्मानित विद्यार्थीहरुलाई शुभकामना मन्तब्य राख्नुभएको थियो ।

No comments: