मोरङ क्षेत्र नम्बर-२ का सभासद लालबहादुर शुस्लिङ मगरले देशमा जनविद्रोहको उचित परिस्थिति सिर्जना भएको बताउदै सो को लागि तयारी हुन कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।एकिकृत नेकपा माओवादीको पथरी गाँउ समितिले सोमबार आयोजित राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै सभासद मगरले सो कुरा बताउनु भएको हो ।आफ्नो पार्टी सरकारमा रहदा समेत अन्या पार्टीको असहयोगको कारण जनताको चाहना बमोजिम कार्य गर्न नसक्दा पीडा भइरहेको बताउदै संविधानमा जनताको अधिकार स्थापित गर्न आफूहरु संसदिय मोर्चाबाछ निरन्तर संघर्ष गर्दै आएको बताउनु भयो ।
आफ्नो पार्टी एकिकृत माओवादीले भने जस्तो संविधान नबने जनताको अधिकार स्थापित नहुने भएकोले जनबिद्रोह अनिबार्य भएको उहाँले बताउनु भयो । सो विद्रोहको लागि राष्ट्रिय अन्तराष्ट्रि परिस्थिति उचित बन्दै गएकोले नेपाली जनताको चाहना अनुसारको राज्य सत्ता स्थापित गर्न एकपटक सम्पूर्ण जनता बिद्रोहमा उत्रनुपर्ने सभासद मगरले बताउनु भयो । हिजो माओवादीले जातीय मोर्चा बनाइरहदा देशलाई बिखण्डन गर्न लागेको आरोप लगाउने पुजिबादी काग्रेस एमाले पार्टीहरु अहिले पार्टी भित्र जातिय संगठन बनाएर देशलाई जातीय युद्ध गराउन खोजेको भन्दै सो प्रति सजक रहन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । जातिय अधिकार स्थापित गराउन चाँडै ुजातीय गणतान्त्रिक महासंघु लागेको बताउदै देशको हरेक समुदायलाई मिलाएर लानेकुरामा पार्टी दृढ रहेको सभासद मगरले बताउनु भयो ।कार्यक्रममा एकिकृत माओवादीको मोरङ जिल्ला सह-इाचार्ज शुसिलले नेपालमा विद्रोहलाई तार्किक निस्कर्षमा पुर् याउने हैसियतमा पार्टी पुगेको जनाउदै सत्ता बाहिरबाट मुक्ती संभव नहुने भएकोले सर्बहारा जनताको सत्ता स्थापना गर्न सम्पुर्ण जनता विद्रोहमा उतानु पर्ने बताउनु भयो । नेपालको मजबुद पार्टी तथा बैचारिक र भावनात्मक हिसावले एकताबद्ध भएकोले बिगतमा हुदै आएको अपर्ण क्रान्तिलाई पुरा गर्ने हैसियतमा एकिकृत माओवादी पार्टी पुगेको बताउनु भयो । पार्टी लक्ष्य प्राप्तिको अन्तिम चरणमा प्रवेश गरेकोले पार्टीले लिएको मार्गदर्शन नेपाली जनताको साझा बनाएर लान सक्नुपर्ने समेत तर्क खाख्नु भयो ।कार्यक्रममा पार्टी जिल्ला सल्लाहकार लक्ष्मीप्रसाद पोख्रेल जिल्ला सेक्रेटरी मिरा सहसेक्रेटरी बलिदान २ नम्बर क्षेत्रीय इाचार्ज योाजन लगायतका नेताहरु उपस्थित कार्यक्रममा पथरीका करिब डेढ सय कार्यकर्ताहरु सहभागी रहेका थिए ।
No comments:
Post a Comment