अर्जुन जम्नेली राई
Sunday, October 4, 2009
दुर्घट्नामा एक शरणार्थी घाइते
पथरी-मोरङको पथरी जिरिखिम्ति सडक खण्ड अन्तरगत शनिश्चरे भुटानी शराणार्थी शिविर नजिकै पश्चिम गइरहेको बा ६ च १६५ नम्बरको सेन्ट्रोकारले ठक्कर दिदा एकजना शरणार्थी गम्भीर घाइते भएका छन् आइतबार साँझ ७ बजे भएको सो दुर्घट्ना शरणार्थी शिविर सेक्टर एल ३ छाप्रा नम्बर १६ को ४० बर्षिय घनश्याम तिवारी घाइते भएका हुन् । जंगलबाट घाँस लिएर आउदै गर्दा कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । कारको ठक्करले टाउकोमा चोट लागेको तिवारीको पथरी स्थित नसर्िङहोममा उपचार भइरहेको शरणार्थी शिविर स्थित शसस्त्र प्रहरी नायव निरिक्षक केशव सुबेदीले बताउनु भयो । दुर्घट्नापछि घाइतेका आफन्तहरुले केहीबेर सडक अपरुद्ध गरेका थिए । ठक्कर दिने कारसहित चालक श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएका छन्
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment