Monday, October 5, 2009

कानेपोखरी जंगलमा दिउसै यात्रुबाहक बसमा लुटपाट

पथरी-मोरङको कानेपोखरी सडक खण्डमा सोमबार दिउसो पूर्व गइरहेको ना ३ ख ५९ नम्बरको यात्रुबाहक बसमा लुटपाट भएको छ । कानेपोखरी वीच जंगलमा को १ ख २८४० नम्बरको मोटरसाइकलमा बसेका दुई जना ब्याक्तीले गाडी रोक्न इसारा गरेका थिए । उनीहरुको इसारामा बस नरोकिए पछि ती लुटेराहरुले बसलाई पछ्याएर मोरङ्गी खोलाको पुलपूर्ब बस रोकेर चालक राजु क्षेत्रीलाई कुटपिट गर्नुको साथै कन्डक्टर संग भएको १३ सय नगद लुटपाट गरी लुटेराहरु पश्चिम फर्केको कन्डक्टर राम बस्नेतले बताए । सो लुटेराहरुको खोजी भइरहेको पथरी चौकी प्रमुख भोगेन्द्र लावतिले बताए । बस रोकेपछि चाबी खोसेर गाडी अगाडि बढाए पथरी बजारमा रहेका साथीहरुले कुटपिट गर्ने धम्की दिदै पैसा खोसेको कन्टक्टर बस्नेतले बताए ।
अर्जुन जम्नेली राई

No comments: