Saturday, October 3, 2009

रोकिएको बसलाई ठक्कर दिदा ८ जना घाइते

पथरीमोरङको शनिश्चरे स्थित भुटानी शरणार्थी शिविर छेउमा रोकिराखेको मे १ ख ९६२ नम्बरको यात्रुबाहक बसलाई शनिबार अपरान्ह पूर्व गइरहेको मे १ ख ११६२ नम्बरको बसले ठक्कर दिदा ८ जना यात्रुहरु घाइते भएका छन् ।घाइते हुनेहरुमा सुनसरी धरान-१२ को सुलोचना विष्ट रेखा सेडाई मोरङ राजघाट-३ को तिला सुवेदी तोपगाछी-७ झापाको पूर्णबहादुर थापा भूमिका थापा काठमाडौं-१ हाडिगाँउको कुमार प्रधान कमला प्रधान र लक्ष्मीपुर-९ इलामको उमेश राई घाइते भएका हुन् । अघिकांश घाइतेहरु ठक्कर रोकिराखेको बसलाई ठक्कर दिने मे १ ख ११६२ नम्बरको बसका यात्रुहरु रहेका छन् । घाइतेहरुका पथरी स्थित नसर्िङ्गहोममा उपचार भइरहेको पथरी चौकीले जनाएको छ ।

No comments: