Sunday, October 18, 2009

आगलागिबाट ६ लाख भन्दा बढीको क्षेती

तिहारमा बालिएको ममबत्तीबाट आइतबार राति मोरङको शनिश्चरे-७ को राम निरौलाको घर आगलागिहुदा ६ लाख भन्दा बढीको क्षती भएको छ ।राति १० बजे भएको सो आगलागिबाट काठको २ तले घर पूर्णरुपमा क्षेती भएको छ । घर संगै निरौलालाई छिमेकीले राख्न दिएको ३ लाख नगद र गरगहना लत्ताकपडा अन्न समेत जलेर नष्ट भएको छ । बालिएको ममबक्ती जलेर सकिएपछि टेवल सल्किएर आगालागि भएको प्रहरीले जनाएको छ । माथिल्लो तलामा नानी सुताएर घरका अन्य सदस्यहरु भुई तलामा माला उन्ने लगायतको काम गरिरहेको बेला एक्कासी घरको छानामा ठूलो आगो देखिएको पीडित परिवारले बताए ।आगलागि हुनासाथ दमक नगरपालिको वारुणयन्त्रलाई फोन सम्पर्क गर्दा विगि्रएको जानकारी आएको र इटहरीको दमकल समेत घर पूर्णरुपमा क्षेती भइसकेपछि आएकोले स्थानीयबासीहरु आक्रोसित भएका थिए । घर पूर्णरुपमा क्षेती भएपनि मानविय क्षेती भनेहुन पाएन ।आगलागि नियन्त्रण गर्न नजिकै रहेको शनिश्चरे शसस्त्र प्रहरी सुरक्षा वेश क्याम्पको प्रहरी समेत समयमा नपुगेको भन्दै प्रहरी संग समेत स्थानीयबासीहरु आक्रोशित भएको गुनासो छ । आगो नियन्त्रण गर्न तत्काल थप सहयोगको लागि सम्पर्क गर्दा मोरङ जिल्ला प्रमुख अधिकारीले समेत फोन नउठाएको एकिकृत माओवादी मोरङ जिल्ला सदस्य सीताराम बुढाथोकीको गुनासो छ । दमकल र प्रहरीको सहयोग भएको भए क्षेती न्युनिकरण गर्न सकिने अबस्था भएपनि सरकारी कर्मचारीहरुको बेवास्ताले घर पूर्णरुपमा क्षेती भएको बुढाथोकीको भनाई छ ।

No comments: