अर्जुन जम्नेली राई
पथरी-दशैं अबधिको १५ दिनमा पूर्बी मोरङमामात्र ११ वटा भन्दा बढी सवारी दुर्घट्ना हुदा दुई जनाको ज्यान जानुको साथै ३६ भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।असोज ७ देखि २१ गते सम्म मोरङको उर्लाबारी देखि बेलबारी सम्मको दुरीमा एकैदिन दुईवटा सम्म सवारी दुर्घट्ना भएको थियो । असोज ७ गते बिपरित दिशाबाट आएको दुई मोटरसाइकल ठक्कर खाँदा ३ जना घाइते भएका थिए ।त्यसको तीनदिन पछि मे १ ख ११३४ नम्बरको बस पथरीमा सडकबाट नालिमा खस्दा १५ जना घाइते भएका थिए । १२ गते पूर्व गइरहेको को ५ प ३३०४ नम्बरको बसले ठक्कर दिदा शनिश्चरे भुटानी शरणार्थी धनमान राईको मृत्यु भएको थियो । त्यसैदिन पूर्व गइरहेको अन टेष्ट सेन्ट्रो कारलाई नम्बर नखुलेको मारुती भेनले ठक्कर दिएर भाग्दा कारमा सवार ६ जना घाइते भएका थिए । १४ गते मे १ ख ७२६ नम्बरको पूर्व गइरहेको ट्रक र विपरित दिशाबाट आएको को १ च २१५३ नम्बरको मारुती आपसमा ठक्कर खादा १२ जना घाइते भएका थिए । १६ गते एकैदिन को १ ख २४०१ नम्बरको बसले साइकल यात्री र को ३ प ६६९७ नम्बरको मोसाले ठक्कर दिदा तीनजना घाइते भएका थिए । १८ गते पनि पश्चिम जादैगरेको बा ६ च १६५ नम्बरको कारले ठक्कर दिदा साइकल यात्री घाइते घाइते भएका थिए । २१ गते बेलबारीमा पश्चिम गइरहेको को १ ख १९९३ नम्बरको बसले ठक्कर दिदा बेलबारी-८ को रिपुमर्दन भण्डारीको घट्ना स्थलमै मृत्यु भएको थियो । दशैंमा सडकमा गुड्ने सवारीसाधनको बृद्धी र चालकको लापार्बाहीबाहीको कारण दुर्घट्ना बढेको इलाका ट्राफिक प्रहरी कार्यालय पथरीको प्रहरी सहायक निरीक्षक विनोदिसंह थापाले बताउनु भयो । काठमाडौंबासी पूर्बेलीहरु दशैंमा राजधानीबाट जिप कार भेन मोटरसाइकल लिएर पूर्ब आउनुको साथै काठमाडौंमा चल्ने बस र मिनिबस यात्रुहरुले रिर्जबमा ल्याएकोले सवारीसाधन बढेपछि दुर्घट्नामा बृद्धी भएको थापाले बताउनु भयो ।
No comments:
Post a Comment