Wednesday, October 7, 2009

मनकामनामा निर्वाचन

पथरीमोरङको पथरी स्थित मनकामना बचत तथा ऋण सहकारी सस्था लिमिटेडको साचालन समितिको लागि बुधबार चुनाव भएको छ ।
समितिको मंगलबार भएको १२ औ बार्षिक साधारण सभामा ११ जनाको कार्य समितिको लागि १९ जनाले मनोनयन दर्ता गरेपछि बुधबार निर्बाचन भएको हो ।समितिको अध्यक्षमा सोमनाथ निरौला पुन अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन् । एक जना उपाध्यक्ष्मा मोहन तुम्बाफो र कृष्णराज बेघा चुनावी प्रतिष्प्रदामा उत्रिएका छन् । सचिवमा युवराज भट्टराई निविरोध निर्बाचित भएपनि सह सचिवमा भारती बराल र बालकुमारी लामा प्रतिष्प्रदामा उत्रिएका छन् । कोष अध्यक्षमा केदार पोख्रेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त चण्डीप्रसाद राईले बताए । ६ जना सदस्यहरुको लागी लोकनाथ लुइटेल रामप्रसाद न्यौपाने हरीप्रसाद गड्तौला चेतन पौडेल डिल्ल्ािप्रसाद पराजुली विजयप्रकाश राई गोमादेवि पौडेल यसोधा गौतम विमलादेवि निरौला सरीता राई झुमा खत्री र पबिता लामिछाने गरी १२ जना प्रतिष्प्रदामा उत्रिएका छन् । लेखा समितिमा भक्त खड्काको संयोजकत्वमा मिनबहादुर ठकुरी र कमलबहादुर भट्टराई निर्बिरोध निर्बाचित भएको निर्वाचन समितिले जनाएको छ ।

No comments: