पथरी-मोरङ हसन्दहकी एक २० बर्षिय युवतिलाई समुहिक बलत्कार गरेको अभियोगमा हसन्दह-८ को तेजेन्द्र लुइटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।दुईदिन अघि छिमेकीको घरमा भएको भजनकृतनबाट घर फिर्दै गर्दा तीन जनाको समूहले ऋषिदेव थरकी युवति बलत्कृत भएकी थिइन् ।बलत्कारमा संलग्न भएको अभियोगमा लुइटेललाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । त्यस घट्नामा संलग्न अन्य दुईजना फरार रहेको शसस्त्र प्रहरी बेश क्याम्प शनिश्चरेको प्रहरी निरीक्षक प्रदिप थापाले बताए ।
No comments:
Post a Comment