पथरी÷सुनसरीको झुम्का स्थित पूर्वााचल क्षेत्रीय कारागारमा भएको अर्जुन तामाङ्गको हत्यारालाई कारबाही तथा पीडित परिवारलाई क्षेतीपूर्तीको माग गर्दै मिसेकहाङ लिम्बूको नेतृत्वमा रहेको संघीय लिम्बूवा राज्य परिषद क्रान्तिकारी र पीडित संघर्ष समितिले घोषणा गरेको बन्दले पूर्वी मोरङ आज विहानैदेखि प्रभावित भएको छ ।
छ बर्ष अघि छिमेकी शम्भु राईको हत्या गरेको अभियोगमा जेल सजाय भोग्दै आएको मोरङ टाँडी-४ को अर्जुन तामाङको भदौं २९ गते सरकारी प्रशासक र कैदीहरुको चरम यातना दिएर कारागार भित्रै हत्या भएको पीडित परिवारको आरोप लगाउदै आएको छ । हत्यापछि अहिले सम्म सरोकारवालाहरुले बेवास्था गरेको भन्दै पीडित संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
पीडित परिवारले मृतक तामाङको शव अहिले सम्म जिम्मा नलिएकोले धरान स्थित बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको छ ।
तामाङको हत्यापछि बेवास्था भएको भन्दै संघीय लिम्बूवान राज्य परिषदक्रान्तिकारीको मोरङ जिल्ला अध्यक्ष राजीत लिम्बू र सचिव विषाल किरातीले हिजै एक विज्ञाप्ति प्रकाशन गरी पीडित संघर्ष समितिलाई सहयोग गर्ने जनाउदै झापा मोरङ र सुनसरी जिल्ला बन्दको घोषणा गरेका हन । बन्द सफल पार्न आज विहानैदेखि मृतक तामाङको दाई तथा पीडित संघर्ष समितिका अध्यक्ष चन्द्र तामाङ्ग र परिषदको मोरङ जिल्ला अध्यक्ष रंजीत लिम्बुको नेतृत्वमा बन्दकर्ताहरु बसेर मोटरसाइकल समेत बन्द गराएका कारण यात्रुहरु अलपत्र परेका छन् । पथरी लगायतको पूर्वी मोरङका सरकारी कार्यालयहरु बजार संघसस्था समेत बन्द रहेको छ ।
अर्जुन जम्नेली राई÷पथरी

No comments:
Post a Comment