अर्जुन जम्नेली राई
पथरी-पूर्बी मोरङको बिभिन्न शहरका चौकहरुमा प्रतिबन्दित जुवा जन्य खेल डाइस नेपाली चाड दशैं र तिहारको नाममा खुलामखुल्ला खेलाइन्दै आएको छ । दशैंको शुरुवात संगै मोरङको पथरी शनिश्चरे लेटाङ लक्ष्मीमार्ग र उर्लाबारी लगायतका बजारको विभिन्न चौकहरुमा प्रतिबन्दित डाइस खेलाइन्दै आएपनि प्रहरी प्रशासनले कुनै चासो नदिएकोमा स्थानीयबासीहरु गुनासो गर्न थालेका छन् ।शसस्त्र प्रहरी बेश क्याम्प नजिकै रहेको शनिश्चरे बजार प्रहरी चौकी र सुरक्षा बेश क्याम्प समेत रहेको पथरी बजारको विभिन्न चौकमा दैनिकरुपमा डाइसको मेला लाग्ने गरेपनि प्रहरीले अहिले सम्म कसैलाई कारबाही गरेको छैन् । पथरीको कृष्ण किराना पसल छेउ र सिनेमाहल नजिक बजारलाईन मा दैनिकरुपमा डाइस खेलाउने र खेल्नेहरुको बजार लाग्ने गरेको छ ।यस विषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी निरीक्षक चक्रबहादुर बस्नेतले डाइस तत्काल हटाउन पथरी चौकी प्रमुख भोगेन्द्र लावतिलाई निर्देशन दिने बताए । लेटाङका प्रहरी निरीक्षक राजेन्द्र थापाले भने आफूहरु डाइस पक्रन जादाँ भाग्ने गरेपनि फेरी आएर खेलाउने गरेकोले गैरकानूनी कार्यगर्ने उनीहरुलाई नियन्त्रणमा लिएर कारबाही चलाईने बताउनु भयो । शसस्त्र बेश क्याम्प शनिश्चरेका प्रहरी निरीक्षक प्रदिप थापा र बेलबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलबहादुर सुवेदी संग भने सम्पर्कहुन सकेन् । चाडको नाममा दैनिक पेशाकै रुपमा डाइस खेलाउनेहरुले भने प्रहरी प्रमुखलाई नजराना तथा दैनिक हजार भन्दा बढीको खानपान गराएपछि डाइस खेलाउन दिएको बताएका छन् । उपभोक्ताहरुले बजारमा बिभिन्न बस्तु किनमेल गर्न ल्याएको पैसा डाइसमा हानेपछि घरझगडा समेत हुनेगरेको बुझिएको छ ।
No comments:
Post a Comment