Wednesday, October 7, 2009
जनजातिहरु राजनीतिकरुपमा अगाडि बढ्न आबश्यक
पथरी-किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राईले जातीय मुक्ती राजनीति संग जोडिएको बताउदै देशका सम्पूर्ण आदिबासी जनजातिहरु राजनैतिकरुपमा माथि उठ्नु पर्ने बताउनु भायो । यायोक्खाको मोरङ जिल्ला समितिले बुधबार बेलबारीमा आयोजित भेलामा बोल्दै महासचिव राईले सो कुरा बताउनु भएको हो । उहाँले विश्वमा अधिकार स्थापनाको लागि सत्तानै सबभन्दा ठूलो सक्ती भएको बताउदै नेपालका उत्पीडित जनजातिहरु राजनीतिकरुपमा अघि बढ्नुपर्ने बताउनु भयो । याहाका आदिबासीहरुलाई नाममात्रको संघीयता नभएर आत्मनिर्णय सहित राज्य चाहिएको बताउदै सो प्रप्त गर्न सम्पूण उत्पीडित जनता एक भएर अघि बढ्नु पर्ने बताउनु भयो । नेपालका ठूला राजनीतिक दलहरुको आडमा संघीय विरोधी तत्वहरु अगाडि बढीरहेको आरोप लगाउदै लिम्बू खम्बूको छुट्टाछुट्टै आन्दोलन गर्नुभन्दा बृहत किरात स्वायत्त राज्य नै सबै हिसावले बैज्ञानिक भएकोले उनीहरु संग किरात स्वायत्त राज्यको विषयमा छलफल भइरहेको बताउनु भयो । संगठनको आगामी कार्तिकमाह धरानमा हुन लागेको ७ ओ राष्ट्रिय सम्मेलनको बिषयलाई लिएर यायोक्खाको केन्द्रीय प्रतिनिधिहरु जिल्ला भ्रमनमा आउने क्रममा महासचिव राई मोरङ आएका हुन् । कार्यक्रममा सो संगठनको केन्द्रीय संगठन बिभाग प्रमुख तिलक राई केन्द्रीय सदस्य बुद्धी चाम्लिङ लगायतले बोल्नु भएको थियो । कार्यक्रम यायोक्खा जिल्ला अध्यक्ष तिलकप्रसाद राईको सभापतित्वमा सचिव अर्जुन जम्नेली राईले साचालन गर्नुभएको थियो । महासचिव राई लगायतका सो टोली झापा सुनसरी लगायतको जिल्लाहरुमा समेत सातौ राष्ट्रिय सम्मेलनलाई बृहतरुपमा सफल पार्न जिल्लाका नेतृत्वसंग छलफल भइरहेको केन्द्रीय संगठन बिभाग प्रमुख तिलक राईले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment