Tuesday, October 20, 2009

दुर्घट्ना पछि प्रहरी कार्यालय तोडफोड तीन घाइते

मोरङको इलाका प्रहरी कार्यालय लेटाङ्गको बा १ झ ७५२५ नम्बरको भेन र बिपरित दिशाबाट आएको को १ प ५१९३ नम्बरको मोटरसाइकलवीच सोमबार साँझ ठक्ककर खादा तीनजना घाइते भएका छन् । गस्तीमा निस्केको भेनसंग ठक्कर खादा लेटाङ्ग बजार उत्तर गइरहेको मोटरसाइकलमा सवार लेटाङ्ग-३ को अबित तामाङ्ग दिलमाया तामाङ र सुस्मा तामाङ्ग घाइते भएका हुन् ।सो मोटरसाइकलमा चारजना सवार रहेको लेटाङ्ग प्रहरीले जनाएको छ । दुर्घट्नापछि घाइतेलाई उपचारको लागि जनपि्रय मेडिकल हलमा लेटाङ्गमा ल्याईएको प्रहरी भेनमा आक्रोशित ब्याक्तीहरुले ढुङ्गा प्रहार गरी क्षेती पुर् याएको छ । प्रहरी भेनको शिशा तथा बक्तीहरु कामै नलाग्ने गरि क्षेती भएको छ ।दुर्घट्नापछि जम्मा भएको दुई सय भन्दा बढीको भीडले सोमबार रातिनै इलाका प्रहरी कार्यालय प्रबेश गरेर प्रहरी माथि कुटपिट गर्नुका साथै तोडफोड समेत गरेको छ । प्रहरी विरुद्ध नाराजुलु सहित त्याहा पुगेका अक्रमानकारीहरुको कुटपिटबाट इलाका प्रहरी कार्याल्ायको प्रहरी सहायक निरीक्षक नबाफ बस्नेत हवल्दार निर्मनी भट्टराई जवान देवानन्द साहा घाइते भएको सो कार्यालयले जनाएको छ । प्रहरी कार्यालयमा आक्रमन भएपछि लेटाङ्ग बजार सोमबार मध्येरात सम्म तनाव ग्रस्त भएको थियो ।घाइतेको पक्षधरहरु रातिनै इलाका प्रहरी कार्यालय प्रवेश गरी कार्यालयको गेटमा राखिएको बोर्ड शिसाहरु मन्दीरमा तोडफोड गरी क्षती पुर् याएको छ ।खुट्टामा चोट लागेको घाइते तामाङ्गलाई थप उपचारको लागि रातिनै धरान बी।पी।sाेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर् याईको थियो । घाइते तामाङ्गको आफन्तहरुले उपचारमा ढिलाई गरेको भन्दै अस्पतालको स्वास्थ्यकर्मीहरुमाथि समेत हातपात गरेपछि त्याहाका प्रहरीहरुले तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यष विषयमा घाइते पक्षसंग भने सम्पर्कहुन सकेन् ।

No comments: