अर्जुन जम्नेली राई
Tuesday, October 6, 2009
मनकामनाको १२ औ साधारण सभा
पथरी÷मोरङको पथरी स्थित मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १२ औ बार्षिक साधारण सभा मंगलबार पथरीमा भएको छ ।सभाको उद्घाटन कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको केन्द्रीय महासचिव धनश्याम खतिवडा जिल्ला सहकारी संघका अध्यक्ष भुपाल जिमी जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष तारानाथ काफ्ले लगायतले बोल्नु भएको थियो ।बन्दसत्र पछि संस्थाको नयाँ कार्यसमितिको लागि निर्वाचनहु सो सस्थाको निवर्तमान अध्यक्ष सोमनाथ निरौलाले बताउनु भयो । समितिको ११ जनाको समितिको लागि एक अध्यक्ष दुई उपाध्यक्ष सहित १४ जनाले मनोनयन दर्ता भएको निर्वाचन आयोगका प्रमुख मेघनाथ ओझाले बताउनु भायो । उद्घाटन कार्यक्रमको समापन पछि निर्वाचन हुने बताईएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment