Tuesday, April 24, 2012

किरात स्वायत्त राज्य नभए बिद्रोह निश्चित

नेपाली जनताको एकतालाई भाड्न खोज्नेहरुलेनै जातीय पहिचानको आधारमा संघीय राज्य पुःन संरचना गर्दा देश बिखण्डनहुन्छ भन्ने गरेको उल्लेख गर्दै किरात स्वायत्त राज्य नभए बिद्रोह सुुनिश्चित भएको किराती नेताहरुले बताका छन् । किरात राई यायोक्खाको केन्द्रीय समितिले शनिबार सुनसरीको इटहरीमा आयोजित बृहत आमसभामा बोल्दै किराती नेताहरुले सो कुरा बताएका हुन् । किरात स्वायत्त राज्य सुुनिश्चित गर्न दबाब दिने उदेश्यले आयोजित आमसभामा एमाले केन्द्रीय उपाध्यक्ष अशोककुमार राईले नेपालका आदिबासी जनजातिहरुले सदियौ देखिको जातीय उत्पीडनको अन्त्यको माग गरिरहेको बताए । जातीय पहिचान सहितको किरात राज्यको प्रस्ताव गर्दा देश टुुक्रिन्छन भन्ने नेताहरुको शोच राणा र शाहा कालिन सोचाइ भएको उल्लेख गर्दै जनताको अग्रगामी चाहनालाई बुुझेर पहिचान सहितको राज्य बनाउने नेताहरुलाई सुुझाब दिए । जनताको चाहना नबुुझे नेताहरु आफै सक्किने समेत राईले बताए । एमाले नेता राईले आत्मा विश्वास र अठोटका साथ किरात स्वायत्त राज्यको लागि अघि बढ्न निर्देशन दिदै किरातीहरु एकताबद्ध भएर अघि बढे पार्टीका नेताहरुले अध्यारो कोठामा बसेर गर्ने षड्यान्त्रलेसमेत केही नहुने बताए । किराती आदिबासी जनजातिहरु आºनो पहिचान र अधिकार खोज्दा अरुको अधिकारको समेत सम्माण गर्ने भएकोले अरुलाई उत्पीडनमा पार्न पहिचान सहितको संघीयता नखोजिएको नेता राईले बताए । नेता राईले इटहरी आमसभा सुुरुवात मात्र भएको उल्लेख गर्दै आबश्यक परे सिंहदरबार घेर्नुपर्ने बताए । संस्कृतिमन्त्री गोपाल किरातीले पहिचान सहितको किरात स्वायत्त राज्य नभए सडकबाटै किरात राज्य घोषणाहुने चेतावनी दिए । मन्त्री किरातीले पहिचान सहितको राज्य नभए आदिबासी जनजातिले संघीय बिरोधी हर्कत गर्नेहरुलाई खरानी हुने बताए । इटहरीको ऐतिहासिक भेलाले किरातीहरुको अन्ययपुर्ण इतिहा“सलाई बिर्सेर जितको नया“ इतिहा“सको सुुरुवात भएको मन्त्री किरातीले बताए । कार्यक्रमका बिशेष अतिथि आदिबासी जनजाति सभासदहरुको समुुह (ककस)को संयोजक पृथ्वीसुुब्बा गुुरुङले राज्य पुुःन संरचना आदिबासीहरुको माग भएको उल्लेख गर्दै पूर्वी नेपाल किरातीहरुको पहिचान, सभ्यता, सस्कृति र भुुगोल भएको उल्लेख गर्दै किरात स्वायत्त राज्य आएरै छाड्ने बताए । गुुरुङले जातीय नभनीकन सदियौ बर्षदेखि नेपालमा एउटै जातीले आदिबासी जनजातिहरुमाथि शासन गरिरहेको उल्लेख गर्दै एकात्मक राज्यको जरा उखेलेरै छाड्ने बताए । गुुरुङले आदिबासीहरु नेपालमा मिश्रित साशकिय रुवप (राष्ट्रपति एउटा जातीको भए, प्रधानमन्त्री अर्को जातिको)को पक्षमा रहेको बताए । पूर्ण समानुुपालिक निर्वाचन प्रणाली र सर्बोच्च अदालनमा समेत आदिबासीको इजलाश रहनुुपर्ने संघीय समानुपालिक न्याय प्रणालीहुुनुुपर्ने बताए । कार्यक्रममा नेपाली काग्रेसको केन्द्रीय सदस्य तथा अधिबक्ता आनन्दशन्तोषी राईले नेपालमा रहेका ठूला नेताहरु अध्यारोतिर नभएर पहिचान सहितको संघीयताको लागि तयार भएर अघि बढेमात्र देश र जनताको भविश्य उज्यालोहुने बताए । कार्यक्रममा युवा सभासद सुुदन किरातीले किरात स्वायत्त राज्य बिनको संविधानमा दशै औला काटेर लगेपनि हस्ताक्षर नगर्ने प्रतिबद्धता दोहो¥उदै ग्रेट ब्रिटेनका लागि लडेका किरातीहरु एक पटक आºनै लागि लड्न तयारहुन आग्रह गरे । सभासद राईले किरातीहरु सुतेको बाघ ब्युुझिएको उल्लेख गर्दै बाघमाथि पश्ने दुुस्साहस नगर्न पार्टीका नेताहरुलाई चेतावनी दिए । कार्यक्रममा सभासदहरु डाक्टर इन्द्रजित राई, पदम राई, रामकुमार राई, प्रमिला राई, राजकुमार राई, किरणकुमार राई, मणी खम्बू लगायतका सभासदहरुले किरात स्वायत्त राज्य नभए संसदमै बलिदानसम्म दिन तयार रहेको बताए । कार्यक्रममा यायोक्खा केन्द्रीय अध्यक्ष चतुरभक्त राई र संघर्ष समितिको सचिवालय सदस्य भीम राई लगायतले बोलेका थिए । कार्यक्रम मुुल ब्याबस्थापक समितिको संयोजक तिलक राईको सभापतित्वमा भएको कार्यक्रम यायोक्खा महासचिव चन्द्रबिक्रम राईले सञ्चालन गरेका थिए । कार्यक्रममा कलाकारहरु शम्भू राई, पार्बती राई, राई नवीन, भीषण मुुकारुम लगायतले किरातवादी गीतहरु गाएर कार्यक्रमलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमसुुरुहुनुु अघि सुनकोशी मेची जोडिन्छ– केन्द्रीय सत्ता तोडिन्छ, एक जातीय अहङ्कारवाद मुुर्दावाद, किरात स्वायत्त राज्य जिन्दावाद लगायतका नाराहरु सहित इटहरी नगर परिक्रमा गरेका थिए । कार्यक्रममा सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, उदयपुर, भोजपुर, संखुवासभा, खोटाङ लगायतका जिल्लाहरुबाट ५० सौ हजार किरातीहरु उपस्थित रहेका थिए । यायोक्खाले इटहरीपछि काठमाडौमा बैशाख १६ गते प्रदर्शन गरेपछि पनि किरात स्वायत्त राज्य नभए आफै राज्य घोषणा गरी सञ्चालसुुरु गर्ने चेतावनी दिदै आएको छ । इटहरी भेला राजनीतिक अधिकार प्राप्तिको उदेश्य लिएर किरातीहरुको लागि ऐतिहा“सिक जमघट भएको बिश्लेसकहरुको भनाइ रहेको छ ।

Friday, April 13, 2012

संघीयतको बिषयमा नेताहरुको छाती खुुम्चिन्दै छ ः राई

मोरङ । नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अशोककुमार राईले पहिचानको आधारमा संघीय राज्य निर्माण गर्ने बिषयमा नेताहरुको छा“ती खुुम्चिन्दै गएकोले सम्पूर्ण आदिबासी जनजाति एकजुट भएर संघर्षमा उत्रिनुुपर्ने बताउनुु भएको छ ।किरात राई यायोक्खा केन्द्रीय समितिले बिहिबार सुनसरीको धरान आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राईले सो कुरा बताउनुुभयाएको हो । किरात राई यायोक्खाले किरात स्वायत्त राज्य स्थापना गर्ने उदेश्यले गठित बिभिन्न राजनैतिक दल तथा जातीय संगठनहरुसंग बार्ताको लागि गठित समितिको संयोजक समेत रहेको राईले भन्नुुभयो ‘हामीले नेताहरुलाई राष्ट्रको नेता मान्दै आएका थियौ, तर नेताहरु चौडा छा“ती बनाउनुु पर्नेमा खुुम्चिएर एउटा जातीको मात्र नेता बन्न खोजिरहेको छ ।’राईले एमाले र नेपाली काग्रेस पार्टीभित्र आदिबासी जनजाति तथा गैर जनजातिवीच संघीयताको आधारको बिषयमा चर्को बहस भइरहेको उल्लेख गर्दै शीर्ष नेताहरु जातीय पहिचानको आधारमा संघीय राज्य स्थापित गर्न तयार नभएको बताउनुुभयो ।संघीयताको बिषयलाई लिएर शीर्ष नेताहरु एउटा जातीको मात्र नेता बन्न खोजिरहेको उल्लेख गर्दै नेता राईले भन्नुुभयो ‘‘कसैले अधिकार र पार्टी कुुन रोज्ने भनेर बिकल्प दिए अधिकार रोज्छुु ।’ ‘मलाई कसैले जातीवादी भने गर्ब लाग्छ, किनकी जात कहिले परिबर्तन गर्न सकिन्दैन, पार्टी र बिचार परिस्थिति अनुसार परिबर्तन गर्न सकेने कुरा हो ।’’ उहा“ले मधेशवादी दलहरुसंग छलफल सुुरु भएको उल्लेख गर्दै लिम्बूवान, खम्बूवानवादी र जातीय संगठनहरुसंग बार्ता गरेर किरात राज्यको पक्षमा सहमत गराउन प्रयास गर्ने बताउनुुभयो । जातीय, क्षेत्रीय, लिङ्गिय र बर्गीय समस्या समाधान गर्न आदिबासीहरु एकजुट भएर अघि बढेमात्र अधिकार स्थापित गर्न सम्भबहुने बताउदै छिमेकी मुुलुुकहरुसंगको कुटनितिक सम्बन्धमा समेत भर पर्ने बताउनुुभयो । नेता राईले जेठ १४ गते किरात स्वायत्त राज्य सहितको संबिधान निर्माण नभए कागजको खोस्टोमात्र आए शान्ति र बिबेक पूर्ण ढंगले शसक्त आन्दोनलमा लाग्न उपस्थित किराती कार्यकर्ताहरुलाई निर्देशन दिनुुभयो । पा“चथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, लगायतका पूर्वी नेपालका किराती नेता कार्याकर्ताहरु उपस्थित कार्यक्रममा एकिकृत माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रीय सल्लाहाकार रामकुमार राई, नेपाली काग्रेसका केन्द्रीय सदस्य आनन्द सन्तोषी राई लगायतले बोल्नुुभएको थियो । किरात राई यायोक्खाको पहलमा एकिकृत माओवादीको केन्द्रीय सदस्य तथा संस्कृति मन्त्री गोपाल किरातीको संयोजकत्वमा किरात राज्य स्थापित गर्न संघर्ष समिति गठन भएको छ । किरात स्वायत्त राज्य स्थापित गर्न यायोक्खाको आयोजनामा बैशाख ९ गते सुनसरीको इटहरी, १६ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा दलहरुमा रहेका किराती नेताहरुको सम्बोधन र १८ जना किराती सभासदहरुले किरात स्वायत्त राज्यको बारेमा प्रतिबद्धता जनाउने कार्यक्रम रहेको छ । राजधानी र पूर्वको इटहरीमा जनप्रदर्शनपछि पनि किरात स्वायक्त राज्य उल्लेख नभए जेठ १५ गते किरात स्वयत्त गणराज्य घोषणा गर्ने यायोक्खा केन्द्रीय अध्यक्ष चतुरभक्त राईले बताउनुुभयो ।