Friday, April 13, 2012
संघीयतको बिषयमा नेताहरुको छाती खुुम्चिन्दै छ ः राई
मोरङ । नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अशोककुमार राईले पहिचानको आधारमा संघीय राज्य निर्माण गर्ने बिषयमा नेताहरुको छा“ती खुुम्चिन्दै गएकोले सम्पूर्ण आदिबासी जनजाति एकजुट भएर संघर्षमा उत्रिनुुपर्ने बताउनुु भएको छ ।किरात राई यायोक्खा केन्द्रीय समितिले बिहिबार सुनसरीको धरान आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राईले सो कुरा बताउनुुभयाएको हो । किरात राई यायोक्खाले किरात स्वायत्त राज्य स्थापना गर्ने उदेश्यले गठित बिभिन्न राजनैतिक दल तथा जातीय संगठनहरुसंग बार्ताको लागि गठित समितिको संयोजक समेत रहेको राईले भन्नुुभयो ‘हामीले नेताहरुलाई राष्ट्रको नेता मान्दै आएका थियौ, तर नेताहरु चौडा छा“ती बनाउनुु पर्नेमा खुुम्चिएर एउटा जातीको मात्र नेता बन्न खोजिरहेको छ ।’राईले एमाले र नेपाली काग्रेस पार्टीभित्र आदिबासी जनजाति तथा गैर जनजातिवीच संघीयताको आधारको बिषयमा चर्को बहस भइरहेको उल्लेख गर्दै शीर्ष नेताहरु जातीय पहिचानको आधारमा संघीय राज्य स्थापित गर्न तयार नभएको बताउनुुभयो ।संघीयताको बिषयलाई लिएर शीर्ष नेताहरु एउटा जातीको मात्र नेता बन्न खोजिरहेको उल्लेख गर्दै नेता राईले भन्नुुभयो ‘‘कसैले अधिकार र पार्टी कुुन रोज्ने भनेर बिकल्प दिए अधिकार रोज्छुु ।’ ‘मलाई कसैले जातीवादी भने गर्ब लाग्छ, किनकी जात कहिले परिबर्तन गर्न सकिन्दैन, पार्टी र बिचार परिस्थिति अनुसार परिबर्तन गर्न सकेने कुरा हो ।’’ उहा“ले मधेशवादी दलहरुसंग छलफल सुुरु भएको उल्लेख गर्दै लिम्बूवान, खम्बूवानवादी र जातीय संगठनहरुसंग बार्ता गरेर किरात राज्यको पक्षमा सहमत गराउन प्रयास गर्ने बताउनुुभयो । जातीय, क्षेत्रीय, लिङ्गिय र बर्गीय समस्या समाधान गर्न आदिबासीहरु एकजुट भएर अघि बढेमात्र अधिकार स्थापित गर्न सम्भबहुने बताउदै छिमेकी मुुलुुकहरुसंगको कुटनितिक सम्बन्धमा समेत भर पर्ने बताउनुुभयो । नेता राईले जेठ १४ गते किरात स्वायत्त राज्य सहितको संबिधान निर्माण नभए कागजको खोस्टोमात्र आए शान्ति र बिबेक पूर्ण ढंगले शसक्त आन्दोनलमा लाग्न उपस्थित किराती कार्यकर्ताहरुलाई निर्देशन दिनुुभयो । पा“चथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, लगायतका पूर्वी नेपालका किराती नेता कार्याकर्ताहरु उपस्थित कार्यक्रममा एकिकृत माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ती मोर्चाको केन्द्रीय सल्लाहाकार रामकुमार राई, नेपाली काग्रेसका केन्द्रीय सदस्य आनन्द सन्तोषी राई लगायतले बोल्नुुभएको थियो । किरात राई यायोक्खाको पहलमा एकिकृत माओवादीको केन्द्रीय सदस्य तथा संस्कृति मन्त्री गोपाल किरातीको संयोजकत्वमा किरात राज्य स्थापित गर्न संघर्ष समिति गठन भएको छ । किरात स्वायत्त राज्य स्थापित गर्न यायोक्खाको आयोजनामा बैशाख ९ गते सुनसरीको इटहरी, १६ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा दलहरुमा रहेका किराती नेताहरुको सम्बोधन र १८ जना किराती सभासदहरुले किरात स्वायत्त राज्यको बारेमा प्रतिबद्धता जनाउने कार्यक्रम रहेको छ । राजधानी र पूर्वको इटहरीमा जनप्रदर्शनपछि पनि किरात स्वायक्त राज्य उल्लेख नभए जेठ १५ गते किरात स्वयत्त गणराज्य घोषणा गर्ने यायोक्खा केन्द्रीय अध्यक्ष चतुरभक्त राईले बताउनुुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment