Monday, May 11, 2015

अष्ट्रेलियाबासी लामाद्वारा भूकम्प पीडितलाई राहत

नवाकोट । भूकम्प पीडित ८० घर परिवारलाई अष्ट्रेलियामा बस्दै आएका सध्या लामा दिदी बहिनीले राहत वितरण गरेका छन् ।
आइतबार सध्या लामाले पठाएको राहत उनकी दिदी लक्ष्मी लामाको नेतृत्वमा गएको टोलीले नुवाकोटको चतुराले–६ मा वितरण गरेको हो ।
बेशाख १२ गते गएको महाभूकम्पमा परी घर भत्तिकएर चौरमा बस्दै आएका पीडित परिवारलाई १० किलो चामल, केराउ, चना, तेल, नुन, साबुन, ब्लाङ्केट र त्रिपाल वितरण गरेको हो । उक्त सामन प्रत्येक परिवारलाई वितरण भएको हो ।
नुवाकोटको चतुराले गाविसमा ७ सय १९ घरधुरी रहेको छ । भूकम्पमा परी वडा नम्बर ६ को सम्पूर्ण घरहरू बस्न नमिल्ने गरी भत्किएको स्थानीय अर्जुन तामाङले बताए । ४ हजार २४८ जनसंख्या रहेको गाविसमा १० जनाको मृत्यु  भएको छ । भूकम्पमा परी १ सय ३५ घाइते भएको छ ।
गाविसको सात वटै विद्यालय र स्वास्थ्य चौक पूर्ण क्षति भएको स्वास्थ्य चौकी प्रमुख जीवन भट्टराईले बताए । चतुराले नुवाकोट–१ नम्बर क्षेत्रमा पर्छ । घर भत्किएर पूर्ण क्षति भएपनि सभासद अर्जुननरसिंह केसी, पूर्व सभासद विमता सुवेदी र पूर्व संसद प्रकाशचन्द्र लोहनी गाउँ नपुगेको पीडित सोमबहादुर तामाङले बताएका छन् ।
अष्ट्रेलियामा बस्दै आएका लामाको संयोजनमा उठेको रकमले धादिङको डाँडागाउँ र दोलखामा रहेका करिव ४ लाख बराबरको हात वितरण गरिने लक्ष्मी लामाले बताए ।
 

नेपालमा भूकम्प र यसले निम्त्याएको विनाश

मृत्यु–७,९०४।
घाइते–१५,९३५।
घर पूर्ण भत्किएको– २,८८,७९८।
घर आंशिक क्षति–२,५४,११२।
विस्थापित–६,६९,७७५।
वेपत्ता नेपाली–२६४
वेपत्ता विदेशी–१११।
काठमाडौ । बैशाख १२ गते शनिबार ११.५६ बजे गएको भूकम्प कम्पनको हिसावले दोस्रो भएपनि विनाशको हिसावले नेपालमै सबभन्दा ठूलो विनासकारी भएको छ । 
बैशाख १२ र १३ गते गएको महाभूकम्पमा परी शनिबारसम्म मर्नेको संख्या ७ हजार ९०४ जनाका पुगेको गृह मन्त्रालयले प्रकाशित विज्ञप्तिमा उल्लेख छ । घाइतेहुनेको सङख्या १५ हजार ९३५ रहेको छ ।
महाभूकम्पबाट संकट ग्रस्त घोषित १४ वटा जिल्लाहरूमा १० हजार ३ सय ९२ वटा सरकारी भव क्षतिग्रस्त भएको छ । जस मध्ये ९ हजार ९ सय ९० वटा भवन राजधानीमै परेको सरकारी तथ्यांक छ । ती जिल्लाहरूमा २ लाख ८८ हजार ७९८ वटा निजी घर पूर्णरुपमा क्षति भएको विवरण गृह मन्त्रालयले जनाएको छ । २ लाख ५४ हजार ११२ वटा घरमा आंशिक क्षति पुगेको छ ।

तथ्याङ्क आउन बाँकी रहेकोले भूकम्पबाट भएको यो क्षति नेपालमा अहिलेसम्मकै सबभन्दा ठूलो हो । नेपालको इतिहासमा १९९० माघ २ गते यस्तै विनाशकारी भूकम्प गएको थियो । संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्र बिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भुकम्प कम्पनको हिसावल सबभन्दा ठूलो भूकम्प हो ।
त्यो भूकम्पमा परी ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा करीब चार हजार ५ सय जनाले ज्यान गुमाएका थिए । त्यसवेला विद्यालय, घर, मन्दिर र पाटीपौवा गरी दुई लाख सात हजार ४० वटा भवन भत्किएको तथ्याङ्क छ ।
२०७२ बैशाख १२ गते गोरखा र लमजुङको सीमा बारपाकलाई केन्द्र विन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको भूकम्प कम्पनको हिसावले दोस्रो ठूलो हो । विनाशको हिसावले नेपालकै ठूलो विनासकारी भूकम्प मान्न सकिन्छ ।
२०७० असोज २ मा सिक्किम र ताप्लेजुङको सीमामा केन्द्रविन्दु बनाएर गएको ६.८ रेक्टर स्केलको भूकम्पले पनि पूर्वी नेपालमा ठूलो क्षति पुर्‍याएको थियो ।
२०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको भूकम्पले पनि क्षति पुर्‍याएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी ७ सय ५० जनाको ज्यान गएको थियो । त्यसवेला छ हजार ५ सय भन्दा बढी घर भत्किएको थियो ।
१२१८ सालको असार शुक्ल तृतीया सोमवार गएको ७.७ रेक्टर स्केलको भूकम्पमा परी राजा अभय मल्लको मृत्यु भएको थियो । सो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । त्यसबेला एक महिनासम्म शहर छोड्नु परेको बताइन्छ । १३१६ सालमा पनि यस्तै विनाशकारी भुकम्प गएको थियो ।
१४६५ सालमा आएको भूकम्पले रातो मछिन्द्रनाथको मन्द्रिर लगायत दर्जनौ मन्दिर ढलेका थिए । १८२४ सालको असार १ गते एक दिनमा २१ पटक भूकम्पको गएको थियो ।
नेपालमा १८६७ जेठ १० गते गएको भूकम्पले काठमाडौं र ललितपुरमा ठूलो मात्रामा मन्दिरहरू भत्किएको थियो । १८८० सालमा यमपञ्चकका दिन १७ पटक भूकम्पको धक्का महसुस भएको थियो ।
त्यसैगरी १८९० भदौ १२ गते सोमबार बेलुका आएको विनाशकारी भूकम्पले काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै भत्किएको थियो । सोही बर्षको असोज १० गते राति र १८९१ असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गएको थियो ।
साल           ररेक्टर स्केल      कति क्षति
१९९०           ८.५            ८५१९ जना
२०७२           ७.९            ७ हजार ९०४ (पुरा विवरण आउन बाँकी)
२०४५           ६.७            ७५० जना
२०७०           ६.८            पूर्वी नेपालमा क्षति
१२१८           ७.७            राजा अभय मल्लको समेत मृत्यु
विश्वका ठूला भूकम्प
चिलीमा १९६० सुनामी ल्याएको ९.५ रेक्टर स्केल, कम्तिमा १ हजार ७ सयको मृत्यु
अलास्का, १९६४, ९.२ रेक्टर स्केल, १ सय ३१ को मृत्यु
इन्डोनेसिया,२००४, ९.१ रेक्टर स्केल,वरिपरिको मुलुकमा समेत गरी सुनामीमा २ लाख ३० हजारको मृत्यु
हाइटी, २०१०, ७ रेक्टर स्केल २ लाख २० हजारको मृत्यु
जापान, ९ रेक्टर स्केल, सुनामीको समेत प्रकोप, १८ हजारको मृत्यु
रुस, १९५२, ९ रेक्टर स्केलको, हताहती भएन
 

Monday, March 16, 2015

किरात राज्यको लागि रगत बगाउन तयार

सोलुखुम्बु । किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले किरात स्वायत्त राज्य आवश्यक परे रगत बगाउन तयारहुनु पर्ने बताएका छन् । संघको सोलुखुम्बु जिल्ला समितिको आयोजनामा शनिबार भएको नवीन किरात जागरण अभियान अन्तर्गत एक दिने प्रशिक्षण कार्यक्रम उद्घटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् । किरात स्वायत्त राज्य कुनै जाति बशेषको लागि नभएर किरात भूमिबासीको आत्मासम्मान र मुक्तिको लागि भएको तर्क प्रस्तुत गर्दै अध्यक्ष राईले आत्मारक्षाको लागि आम किरातीहरुले धनुषवाण, तरवार, भाला र खुकुरी लगायतका घरेलु हतियार चलाउने तालिम सिक्नुपर्ने बताए । किरात स्वायत्त राज्य स्थापित गर्न एकमुट्ठि सास रहेसम्म लागिरहने प्रतिवद्धता गर्दै अध्यक्ष राईले सम्पूर्ण युवाहरु देशमा जातीय जनसंख्याको आधारमा समानुपाति र समावेशी प्रतिनित्व कायम गर्न लागि पर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष धीरेन्द्र रुम्दाली, पूर्व केन्द्रीय सचिवालय सदस्य ज्ञानदिप राई, बर्तमान केन्द्रीय सदस्य लक्ष्मण राई, किरात राई जिमी उत्थान संघका अध्यक्ष शिवप्रसाद राई, जिल्ला खेलकुद संघका अध्यक्ष राम संघर्ष राई लगायतले शुभकामना मन्तब्य दिएका थिए । संघमा आवद्ध ५१ जना विद्यार्थी सहभागि रहेको कार्यक्रममा केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई र सचिव अवि राईले प्रशिक्षणा दिएका थिए ।

Friday, March 13, 2015

किरात स्वायत्त राज्य प्राप्तिको प्रयास र संघर्षहरु

अर्जुन जम्नेली राई ‘सुनकोशी मेची जोडिन्छ, केन्द्रीय सत्ता तोडिन्छ’ समान्तहरुको नाइके मानिएको राजतन्त्रको अन्त्यपछि पूर्वी नेपालमा एकात्मक राज्य तोडेर किरात स्वायत्त राज्य प्राप्ति गर्ने उदेश्यको साथ यो नारा निरन्तर घन्किरहेको छ । पूर्वी पहाडि जिल्लाहरुमा मुख्य बसोबास रहेको किरात राई समुदायको सर्वोच्च समाजिक संस्था किरात राई यायोक्खा, यायोक्खा सम्बद्ध भातृ र मातृ भाषिक संस्थाहरुको सभा, सम्मेलन, बार्षिक उत्सव होस वा अन्तरक्रिया जुनसुकै कार्यक्रममा सुनकोशी मेची जोडेर बृहत किरात राज्य प्राप्तिको कुरा उठ्ने गरेको छ । २०७१ फागुन २ र ३ गते किरात राई विद्यार्थी संघको केन्द्रीय परिषद भेला उदयपुरको सदरमुकाम गाईघाटमा समापन भयो । किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई, सभासद रामकुमार राई सहितका नेताहरु सहभागिता रहेको ¥यालीमा पनि किरात स्वायत्त राज्य जिन्दावाद, पहिचान बिरोधी होसियार लगायतका नारा चर्कियो । पहिलो संविधानसभाको राज्य पुनःसंरचान समितिले प्रस्ताव गरेको पहिचानको पा“च र सामथ्र्यको चार आधारलाई सत्तापक्षीय पार्टीहरुले स्वीकार नगरेपछि एमाओवादी नेतृत्वको १९ दलीय मोर्चा संविधानसभा छाडेर (अनुपस्थित भएर) सडक आन्दोलनमा लागेपछि संविधानसभा कसरी अघि बढ्ने हो अन्योलता छाएको छ । नया“ संविधान मार्फत प्रस्तावित क्षेत्रका जनताको आत्मनिर्णय सहितको किरात स्वायत्त राज्यको प्रस्ताव गर्दै राजधानी काठमाडौंदेखि पूर्वी पहाडि जिल्लाका सडक तातिन्दै गएको छ । किरात शब्दको उत्पतिको बारेमा कुरा गर्दा कैलाश, पबित्र हिमाल तथा उच्च पहाडमा बसोबास गर्ने काईलाती, कैलाशी, कैरातीहुदै किरात भएको भन्ने दुर्गाहा“ङ याक्खा राईद्वारा लिखित पुस्तक ‘किरात हिजो र आज’मा उल्लेख छ । त्यही पबित्र कैशाल पर्वतमा जन्मेहुर्केका मानव समुदायनै किराती भएको उल्लेख छ । किरातीहरुले औषधीको रुपमा प्रयोग गर्ने तीतो झार (चिराइतो)लाई किरात तिक्त भनिन्थ्यो । किरातीले प्रयोग गर्ने किरात तिक्तहुदै किराती भएको भन्ने पनि छ । किराती शब्दको प्रयोग हिन्दू धर्मग्रन्थहरु ऋगवेद, यजुरवेद, अथर्ववेददेखि भागवतसम्म पनि कुनै न कुनै रुपमा प्रयोग भएको पाइन्छ । किराती शब्दको बारेमा प्रपन्न चार्य (कालु राई) लगायतका बिभिन्न विद्वानहरुले आ–आºनै तर्क वितर्क प्रस्तुत गरिएपनि कैलाश पर्बतबासी प्रचीन जाति किरावालाई नै किराती भनिन्दै आएको हो भन्ने निस्कर्षमा पुग्न सकिन्छ । अंग्रेजी विद्वानहरुले नेपालमा बसोबास गर्ने १६ जातिलाई किराती भनेर उल्लेख गरेपनि अहिले राई, लिम्बू, याक्खा र सुनुवारले मात्र संस्थागत हिसावले आफूलाई किराती भएको स्वीकार्छ । यद्यपि किराती सभ्यतालाई आफ्नो गौरव मान्ने र आफूलाई किरातीका रूपमा चिनाउन चाहने सम्पूर्ण किरातीहरु हुन् । अझ नेपालमा बासोबास गर्ने नेपाली भए झै किरात राज्यमा बसोबास गर्ने सम्पूर्ण किराती हुन भन्ने ब्याख्या पनि गर्न सकिन्छ । वर्तमान नेपालको राजधानी यालाखोम (उपत्यका)मा गोपाल, महिसपालपछि किरातीहरुको उदय भयो । किरात राजा यलम्बरदेखि जितेदस्तिहुदै योक्ने हा“ङसम्म ३३ पुस्ता गरी आठ सय देखि हजार बर्ष(कतै १,७३४ बर्ष उल्लेख)सम्म शासन सत्ता संचालन गरेको इतिहा“समा उल्लेख छ । ईशाको तेस्रो सताब्दितिर लिच्छबिहरुबाट किरात कालिन राज्य सत्ता बिस्थापित भयो । यालाखोममा सत्ताबाट विस्थापित भएका किरातीहरु पूर्व लागेर पुनः स्वातन्त्र किरात राज्यहरु स्थापित गरी शासनसत्ता संचालन गरे । जस मध्ये वल्लो, माझ र पल्लोकिरात राज्यका नामले चिनिन्थ्यो । यालाखोम (उपत्यका)का अन्तिम किराती राजा योक्ने हाङका दुई शन्तान खाम्सोसोहाङ र लेलिमहाङ रहेका थिए । खाम्सोसो हाङको प्रभाब क्षेत्र वल्लो तथा माझ किरातलाई खम्बुवान र लेलिम हाङले शासन गरेको क्षेत्रलाई लिम्बुवान पनि भनियो । नेपाल एकीकरणको नाममा पृथ्वी नारायण शाहाको महाराजा बन्ने निजी ईच्छाको कारण वि.स. १८२५ जेठ ६ गते स्वतन्त्र किरात राज्यलाई गोरखामा मिलाउने कदम सुरुभयो । शाही फौजले माझ किरात हतुवा र पल्लो किरात बिजयपुर लगायतका छुट्टाछुट्टै स्वतन्त्र राज्यहरुलाई १८२५ देखि १८३२ साउन २२ मा आइपुग्दा कतै भौतिक आक्रमण त कतै कुटनीतिक चाल प्रयोग गरेर (तत्कालिन गोरखा) नेपालमा मिलायो । अधुनिक किरात स्वायत्त राज्य प्राप्तिको संघर्षको कुरा गर्दा २०५८ को आसपास पुग्नुपर्ने हुन्छ । गोपल किराती (खम्बू)ले ‘बा“चे जीवनको लागि, मरे चिहानको लागि’ भन्ने उद्घोषको साथ २०५४ मा खम्बुवान राष्ट्रिय मोर्चा गठन गरेर सशस्त्र संघर्ष थालेका थिए । आन्दोलान टिकाउन २०५८ असोज २७–२९ मा संखुवासभाको आ“खीभूइमा भएको किराती भेलाले किराती राष्ट्रिय मुक्ती मोर्चाको गठन भयो । किरात वर्कस पार्टी समेत बनाएर पूर्वी पहाडी क्षेत्रमा सशस्त्र संघर्ष सुरु गरेका किराती जनयुद्ध कालमै माओवादीसंग एकीकारण गरेर हाल स्थायी समिति सदस्य रहेका छन् । सशस्त्र संघर्षकै बेला माओवादी योजनामा गोपाल किरातीको नेतृत्वमा २०६० माघ १९ गते किरात स्वायत्त राज्य जनसरकारको घोषणा भएको थियो । किरात स्वायत्त राज्य स्थापनाको सुन्दर सपना बोकेर माओवादी युद्धमा होमिएका किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्यहरु राजेन राई(मण्डेला), कुलराज जिमी, अर्जुन राई, प्रेम कन्दङ्वा, जसोदा कन्दङ्वा, चेतकुमारी राई लगायतले बलिदान दिए । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको २०६३ पुस ८–१० सम्म झापा दमकमा भएको छैठौ राष्ट्रिय सम्मेलनले किरात स्वायत्त राज्यको मुद्धा उठाउने निर्णय ग¥यो । यायोक्खा तत्कालिन केन्द्रीय सदस्य सुनिल राईले आºनो प्रतिवेदन मार्फत किरात स्वायत्त राज्यको प्रस्ताव पेश गरेपछि सर्वसहमत रुपमा पारित भएको थियो । छैठौ राष्ट्रिय सम्मेलनबाट सर्वसहमत किरात स्वायत्त राज्य प्रस्ताव पारित भएपछि यायोक्खाले प्रस्तावित किरात राज्यलाई संबृद्धिकरणको प्रयास गरेको छ । यायोक्खाले बृहत किरात राज्य भित्र लिम्बुवान, खम्बुवान, कोइ“च, शेर्पा, याक्खा, रोङ, उदयपुरगडी, गाम्नाङ स्वायत्त क्षेत्र, स्वायत्त जिल्ला र इलाकाहरुको पनि प्रस्ताव गरेको छ । पूर्वी नेपालको रामेछाप, दोलखा, सिन्धुलीको किराती बस्तिहरु, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, ताप्लेजुङ, पा“चथर, इलाम, झापा जिल्लाहरु मिलाएर बृहत किरात स्वायत्त रँज्य हुनुपर्ने प्रस्ताव सहितको राज्यको नक्सा समेत बनाएर प्रचारप्रशार गरिरहेको छ । गहिरिएर अध्ययन गर्ने हो भने यायोक्खाले प्रस्ताव गरेकै किरात राज्य सबैभन्दा ब्यबहारिक र बैज्ञानिक छ । सम्मेलनबाट पारित निर्णय कार्यान्वयन गराउन यायोक्खाले दोस्रो संविधानसभा चलिरहेकै बेला बाहालवाला तत्कालिन सांस्कृतिमन्त्री गोपाल किरातीको संयोजकत्वमा किरात संघर्ष समिति गठन भयो । सभासद उपस्थितिको हिसावले दोस्रो संविधानसभा पहिचान प्रतिकुल देखिएपछि यायोक्खाले २०७१ मंसिर ११ गते केन्द्रीय कार्यालय कोटेश्वर स्थित सुम्निमा हलमा बृहत भेला गरी पूर्वमन्त्री अशोककुमार राईको संयोजकत्वमा किरात राज्य वार्ता समिति, पूर्वमन्त्री गोपाल किरातीको संयोजकत्वमा किरात राज्य संघर्ष समिति र डा. नोवलकिशोर राईको संयोजकत्वमा सल्लाहार समिति गठन ग¥यो । किरात राज्य संघर्ष समितिको नीति तथा कार्यक्रमलाई सफल पार्न मंसिर २७ गते शुरेसकुमार राईको संयोजकत्वमा किरात फोर्सको समेत गठन भएको छ । किराती नेतृत्वको संघर्ष समितिले संविधानसभाबाट राज्य प्राप्ति नभए सडकबाटै संविधान र किरात सरकार गठन गर्ने जनाउदै आएको छ । पहिलो संविधानसभा भित्र संघीयताको मुद्धा पेचिलो बन्दै जा“दा यायोक्खाले २०६९ बैशाख ९ गते सुनसरीको इटहरीमा हजारौ, हजारको उपस्थितिमा किरात राज्यको लागि दबाब दिने उदेश्यले ऐतिहा“सिक जनप्रदर्शन गरेको थियो । यायोक्खाको पहलमा गठन भएको किरात राज्य संघर्ष समितिले पद्य्रमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालद्वारा घोषित आन्दोलनको कार्यक्रमहरुमा सहभागि हुने निर्णय गरेको छ । मोर्चाको कार्यक्रममा सहभागीहुने क्रममा पुष २९ गते काठमाडौं कोटेश्वरबाट किरात फोर्स केन्द्रीय सचिवालय सदस्य सञ्जय राई, राकेश किराती लगायतका १० जनाको टोलीलाई प्रहरीले गिरºतार गरेका थिए । आन्दोलनमा प्रहरी हस्तक्षेपको प्रतिरोध गर्दा प्रहरीले फोर्स सदस्य इन्द्रहाङ राईलाई प्रहरीले कुटपिट गरी घाइने बनाए । माघ २ गते शान्तिबाटिकामा तुलाधर नेतृत्वको मोर्चाद्वारा आयोजित सभामा भएको प्रहरी हस्तक्षेप बिरुद्ध प्रतिरोध गर्दा किरात फोर्सका कार्यकर्ता भीम राई प्रहरीको कुटाइबाट घाइते भएका थिए । हड्तालको क्रममा माघ ६ गते झापाको चन्द्रगडीमा किरात फोर्स सम्बद्ध नगेन्द्र राईलाई प्रहरीले लाठि चार्च गरी घाइने बनायो । दोस्रो संविधानसभाले संविधान जारीगर्ने भनिएको २०७१ माघ ८ को आसपासमा किरात स्वायत्त राज्य प्रस्ताव गर्दै आएका संगठनहरु किरात राई यायोक्खा, किरात राज्य संघर्ष समिति, किरात फोर्स, किरात राई विद्यार्थी संघ लगायतका संगठनहरु काठमाडौंमा हुदै आएको पद्य्रमरत्न तुलाधर नेतृत्वाको आन्दोलन, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले आयोजना गरेको पहिचानको आन्दोलनमा झण्डा र ब्यानरहरु सहित सशक्त रुपमा सहभागिहुदै आएका छन् । किरात स्वायत्त राज्यकै लागि सशस्त्र संघर्षमा उत्रिएका किरात जनवादी वर्कस पार्टीका अध्यक्ष बिबस बिद्रोहीलाई सरकारले बेपत्ता बनाएको छ । उनको खोजिमा मानवअधिकारवादी संस्थाहरु पनि मौन छन् । सोही पार्टीका केन्द्रीय सहसचिव दिनेश राई (हाङ्छा) २०६७ जेठ २३ गते पक्राउ परेर हालसम्म जेलमै छन् । राजधानीमा २०७१ पुष २१ गते किरात राई यायोक्खाले किरात राई सभासदहरुसंगको भेला गरी जयन्ति राईको संयोजकत्वमा ‘किराती ककस’ बनायो । यद्यपी ककस निस्कृय देखिएको छ । यायोक्खा अध्यक्ष यशोदा राई, उपाध्यक्ष दुर्गा राईको नेतृत्वमा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तथा सभासद रामकुमार राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङ्देन लगायतका सरोकारवाला नेताहरुसंग भेटेर किरात स्वायत्त राज्य प्राप्तिको पहल निरन्तर गरिरहेका छन् । संस्थागत हिसावले किरात राई यायोक्खा सम्बद्ध भातृ तथा भाषिक संस्थाहरु, पार्टीगत हिसावले एमाओवादी, नेकपा–माओवादी, संघीय समाजवादी पार्टीले सशक्त रुपमा किरात स्वायत्त राज्यको प्रस्ताव गर्दै आएका छन् । उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले समेत बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको प्रतिवेदनमा किरात स्वायत्त राज्य हुनुपर्ने उल्लेख गरेका छन् । यायोक्खा सम्बद्ध किरात राई विद्यार्थी संघ, किरात राई लेखक संघ, किरात राई पत्रकार संघ लगायतका आठ वटा भातृ संगठनहरु र दुई दर्जन बढी भाषिक संस्थाहरुले समेत किरात स्वायत्त राज्य प्राप्तिको लागि संघर्षमा छन् । नेपालको पहिलो संविधानसभा राज्यको पुनरसंचना तथा राज्यशक्तिको बा“डफा“ड समितिले प्रस्ताव गरेको १४, राज्य पुनसंरचना आयोगको दुई तिहाईले प्रस्ताव गरेको ११ राज्यको प्रस्तावमा किरात स्वायत्त राज्य उल्लेख छ । नेपालको सन्दर्भमा यी दुईवटा कागजादहरु किरात स्वायत्त राज्य प्राप्तिको बलियो आधार बनेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराई आफैले प्रस्ताव गरेको ९ राज्यको प्रस्तावमा ‘किरात–कोशी प्रदेश’ र ८ वटाको प्रस्तावमा ‘किरात लिम्बुवान कोशी प्रदेश’ प्रस्ताव गरेका थिए । किरातीहरुको निरन्तर संघर्ष, राज्यको आधिकारिक डकुमेन्टहरुमा किरात राज्य उल्लेख भएको तथा बिभिन्न संगठनहरुको निरन्तर आन्दोलनको कारण पहिचान सहितको किरात स्वायत्त राज्य निश्चित छ । किरात राज्यको कुरा गरिरहन्दा पूर्वमा लिम्बुवान राज्यको आन्दोलन घनिभूत रुपमा उठिरहेको बिर्सनु हुदैन । यद्यपि दोस्रो संविधानसभा भित्र र सिंङ्गो राजनीतिक परिस्थिति पहिचान प्रतिकुल बन्न खोजिरहेको बेला किरात र लिम्बुवान आन्दोलनलाई जोड्ने विचार खोजि गरिनु पर्दछ । पहिचान बिरोधी तत्वहरुले किरात र लिम्बुवान मिल्दैनन् भन्ने मान्यता जवरजस्ति स्थापित गर्न खोजिरहेका छन् । आफूआफूमा भिडाउने रणनीतिमा राज्य लागिरहेको देखिन्छ । किरात र लिम्बुवान राज्य प्राप्तिको लागि योद्धाहरुले बलिदानी दिदै आएका छन् । केही जेल जीवन बिताइरहेका छन, त धेरैले किरात र लिम्बुवानको नाममा पसिना बगाइरहेका छन् । प्रस्तावित राज्यहरुको शीमानाको बारेमा समान्य बिबाद भएपनि किरात र लिम्बुवान नामको सन्दर्भमा एकले अर्कोलाई निषेध गरेको देखिन्दैन । अभियानकर्मी कसैको दिमागमा यदी निषेधको चक्कर चलिरहेको भए त्यो बिबेक र बुद्धिहिनताको संकेत हुनेछ । पहिचान सहितको आन्दोलन पेचिलो बन्दै जा“दा किरात, लिम्बुवानवादी राजनीतिक तथा सामाजिक संस्थाहरु संयुक्त मोर्चा बनाएर आन्दोलनमा जुट्नु पर्दछ । हामीले चाहेको किरात वा लिम्बुवान राज्य साम्प्रदायिक जातीय संर्किण सोचबाट ग्रस्त छैन भने अधिकार प्राप्ति, समानुपातिक, समावेशी सिद्धान्त र सहअतित्व कायममा हाम्रो जोड हो भने सुनसरीको धरानलाई किरात र लिम्बुवान राज्यको संयुक्त राजधानी बनाउनसम्म हामी सहमतहुनु पर्दछ । दुईवटै भूमिको नाम एउटा बानाउनु पर्ने परिस्थिति आइहाले दुवैथरी अभियान्ताहरुले किरातलाई मानेर जादा खास फरक नपर्ला । यसो भन्नुको अर्थ लिम्बुवानलाई अस्वीकार गरेको कदापि हुनेछैन् ।