Monday, March 16, 2015

किरात राज्यको लागि रगत बगाउन तयार

सोलुखुम्बु । किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले किरात स्वायत्त राज्य आवश्यक परे रगत बगाउन तयारहुनु पर्ने बताएका छन् । संघको सोलुखुम्बु जिल्ला समितिको आयोजनामा शनिबार भएको नवीन किरात जागरण अभियान अन्तर्गत एक दिने प्रशिक्षण कार्यक्रम उद्घटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन् । किरात स्वायत्त राज्य कुनै जाति बशेषको लागि नभएर किरात भूमिबासीको आत्मासम्मान र मुक्तिको लागि भएको तर्क प्रस्तुत गर्दै अध्यक्ष राईले आत्मारक्षाको लागि आम किरातीहरुले धनुषवाण, तरवार, भाला र खुकुरी लगायतका घरेलु हतियार चलाउने तालिम सिक्नुपर्ने बताए । किरात स्वायत्त राज्य स्थापित गर्न एकमुट्ठि सास रहेसम्म लागिरहने प्रतिवद्धता गर्दै अध्यक्ष राईले सम्पूर्ण युवाहरु देशमा जातीय जनसंख्याको आधारमा समानुपाति र समावेशी प्रतिनित्व कायम गर्न लागि पर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष धीरेन्द्र रुम्दाली, पूर्व केन्द्रीय सचिवालय सदस्य ज्ञानदिप राई, बर्तमान केन्द्रीय सदस्य लक्ष्मण राई, किरात राई जिमी उत्थान संघका अध्यक्ष शिवप्रसाद राई, जिल्ला खेलकुद संघका अध्यक्ष राम संघर्ष राई लगायतले शुभकामना मन्तब्य दिएका थिए । संघमा आवद्ध ५१ जना विद्यार्थी सहभागि रहेको कार्यक्रममा केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई र सचिव अवि राईले प्रशिक्षणा दिएका थिए ।

No comments: