बैदेशिक रोजगारीको शिलशिलामा कतारमा मृत्युभएको मोरङ बेबारी-९ को सेजमान राईको शव मृत्यु भएको ७ महिनापछि मंगलबार घर आइपुगेको छ ।
सात बर्ष अघि रोजगारीको लागि कतार पुगेको राई बिरामि भएपछि अस्पतालमा उपचारको क्रममा गत साउनमा उनको कतारमै मृत्यु भएको थियो । राईको मृत्युहुनु अघिनै वर्किङ्ग भिसा सकिएको कारण शव नेपाल ल्याउन कठिनाई भएको थियो । किरात राई यायोक्खा कतार र जिल्ला कार्य समिति मोरङको लामो प्रयासले राईको शव नेपाल ल्याउन सकिएको यायोक्खा मोरङले जनाएको छ ।
यायोक्खा कतारको उपाध्यक्ष ओमीराज राईको अनुसार राईको शव नेपाल पठाउनमा कतार स्थिात नेपाली दुतावासले समेत सहयोग गरेको फोन मार्फत जनाकारी दिएका छन् ।
राईको मृत्युहुदा उनको छोरा दीपक राई समेत कतारमै थिए । बाबुको शव नेपाल ल्याउन अनेक प्रयास गर्दा समेत वर्किङ्ग भिसा सकिएको कारण नसकेपछि छोरा दीपक मात्र घर फर्किएका थिए । नेपाल आएर पनि बाबुको शव नेपाल ल्याउन सहयोग माग्दा कसैले नसुनेपछि सम्पूर्ण परिवार निराश भएर त्यतिकै बसेका थिए ।
पछिल्लो समयमा कतार स्थित नेपाली दुतावसले किरात राई यायोक्खा कतारलाई राईको शवको बारेमा जानकारी दिएपछि यायोक्खा कतारले शव नेपाल पठाउन पहल गरेपनि उनेको नेपालको ठेगाना र आफन्तको सम्पर्क नभएको कारण प्रकृया अघि बढाउन समस्या परेको थियो । संखुवासभा जिल्लाबाट कतार गएके राईको बास्तबिक ठेगाना थाहा नभएले शमस्या परिरहेको यायोक्खा कतारले मोरङ संग सम्पर्क भएपछि औजार दैनिकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि बेलबारी-९ बस्दै आएको राई परिवारको किरात राई यायोक्खा मोरङ र कतार संग सम्पर्क स्थापित भएको थियो । सोमबार काठमाडौं आएको शव मंगलबार बेलबारी ल्याएर दाहसस्कार गरेको छोरा दीपक राईले बताए ।
No comments:
Post a Comment