Tuesday, October 19, 2010

सुधा र अभिषेक बने पथरी स्टार


अधिकांस वालबालिकाले भरिएको पथरीको काचल चलचित्र हलमा उद्घोषकले हुटिङ्ग कम गर्न पटक-पटक आग्रह गरेपनि थेग्न सकेन तगातार आइरह्यो संागीतिक हुटिङ्ग ।मोरङको पथरीमा नव स्थापित संगीतिक समुह प्लस नेपालले पथरीमै पहिलो पटक आयोजित ुइन्टर स्कुल सिङ्गिङ स्टार २०६७ुको बुधबार भएको अन्तिम प्रतिष्प्रदाको झलक थियो त्यो । इन्टर स्कुल स्टारको लागि पथरीमा रहेका १५ वटा विद्यालय मध्ये १० वटा विद्यालयका विद्यार्थीहरुबाट तीन चरणमा गरि १३ बर्ष माथिका सिनियर र मुनी जुनियर गरि दुई जना स्टार छान्नु थियो आयोजकलाई । त्यसैले निर्णयकहरुको सहजताको लागि हुटिङ्ग कम गर्न आयोजकले आग्रह गरिरहॆ पनि त्यसको कुनै प्रर्बाह नगरी बालबालिकाहरु संगीतिक मनोराजको साथै आफ्नो विद्यालयको प्रतियोगिलाई हौसला दिन तालिको साथमा हुटिङ्ग जारी राखे ।
वालबालिका मात्र होइन कार्यक्रम हेर्न टिकट लिएर हल भरिएका छिरेका अभिभाव शिक्षक तथा गीत संगीतका पारखीहरु समेत आफुले चाहेको प्रतियोगिको नाम आउदा गाउदा र गइसक्ता नजानिदो हिसावले संगीतिक मनोराजको साथ हलचल बढाइरहेका देखिन्थे । पहिलो अडिसनमा २ सय ५० जनाबाट ४१ जना छानिएका थिए । दोस्रो चरणमा २० र अघिल्लो चरणमा २० जनाबाट सिनियर ६ र जुनियर ६ गरि टप ुटुबेलु छानिएको थियो । फाइनल चरणसम्म पुग्दा प्लस नेपाललाई डेढ महिना बितेका थिए ।
टप टुबेलबाट बुधबार भएको फाइनलबाट सिनियर तर्फ बाल्मिकी आवासिय उच्च माविका अभिसेक मेन्याङ्बो र जुनियर तर्फ न्यु प्यागोडा बोर्डिङ्ग स्कुलको सुधा दवाडी ुइन्टर स्कुल सिङ्गिङ स्टार २०६७ु घोषित भए ।
स्टार प्रतियोगिताकॊ अन्तिम प्रतिष्प्रदानमा सिनियर र जुनियर दुबै प्रतिष्प्रदीले पछिल्लो पटक पाँच-पाँच नजालाई पछिपार्दै पथरीको पहिलो सिङ्गिङ स्टार बन्न सफल भएका हुन् ।
अभिसेक वाल्मीकी बोर्डिङ्ग स्कुलमा कक्षा ९ र सुधा न्यु प्यागोडा बोडिङ स्कुलमा कक्षा ४ का विद्यार्थीहुन् । गायन प्रतियोगिताको सिनियर तर्फ जनता उच्च माविका मदन लकान्द्री र जुनियर तर्फ पाचायत उच्च माविका ईश्वर बराइली बेष्ट प्रर्फमेन्स घोषित भए ।
सिनियर तर्फका स्टार घोषित अभिसेक मेन्याङ्वोले ुगुरासको फेद मुनी… बोलको गीत प्रस्तुत गरेका थिए । जुनियर तर्फको सुधा दवाडीले ुलाहुरेदाईले परदेशबाट… बोलको गीत गाएकी थिइन् । दुवैतर्फका स्टारहरुलाई आयोजकको तर्फबाट नगर ३ हजार ३ सय ३३ आकर्षक ट्रफी तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए ।
गायन प्रतियोगिताको सिनियरबाट वाल्मिकी उच्च माविका डिम्पल लिम्बू अविशेक मेयाङ्बो जनता माविको मदन लकान्द्री दुर्गा माविको गोमादेवि राई रेड स्टार बोर्डिङको किरण सुब्बा भू।पू। सैनिक बोर्डिङ स्कुलको क्षितिज लिम्बू रहेका थिए ।
जुनियरमा प्यागोडा बोर्डिङ स्कुलको रिजु भट्टराई बाल्मीकी बोर्डिङ स्कुलको सुधा दवाडी पाचायत उच्च माविको ईश्वर बराइली प्यागोडा मोडेल स्कुलको एलोज काफ्ले अन्नपूर्ण उच्च माविको अभिलाशा श्रेष्ठ र एभरेष्ट बोर्डिङ स्कुलको सन्जु पौडेल सिङ्गिङ स्टार प्रतियोगिताको टप टु्बेलमा परेका थिए । टप टुबेलबाट संयुक्त एल्बम निकालिने आयोजकले जनाएको छ ।
फाइनल चरणको प्रतिष्प्रदाका सबै प्रतियोगिताहरुले ट्रयाक म्युजिकमा आकर्षक पर्फमेन्स देखाएका थिए । विहान ७ बजेदेखि ११ बजेसम्म भएको संगीतिक कार्यक्रममा गायक अमिर राई र शन्तोष राईले गीत प्रस्तुत गरी खचाखच भरिएको दर्शकलाई थप मनोाजन दिएका थिए ।

No comments: