संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान तोकिएकै समयमा निर्माण गर्न दबाब दिन राष्ट्रिय जनमुक्ती पार्टी लगायतका चारदलले मोर्चाबद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् ।
समयमै संविधान निर्माण गर्न धर्म निरपेक्ष राज्यलाई सस्थागत गर्न्र र ऐतिहासिक पृष्टभूमीको आधारमा राज्यलाई जाति भाषा र क्षेत्रको आधारमा संघीय गणतन्त्र स्थापना गर्न चारदलले संयुक्त रुपमा आन्दोलन गर्ने जनाएको हो ।
संयुक्त छलफलपछि कार्तिक ९ गते साँझ राष्ट्रिय जनमुक्ती पार्टीका खिलध्वज थापा संघीय लोकतान्त्रिक राष्ट्रिय माचको अध्यक्ष कुमार लिङ्देन नेवा राष्ट्रिय पार्टीको केन्द्रीय अध्यक्ष डा। केशरमान शाक्य र तामाङसालिङ नेपाल राष्ट्रिय दलका केन्द्रीय अध्यक्ष परशुराम तामाङले संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी राष्ट्रिय मुक्तीको लागि एकिकृत आन्दोलन गर्ने जनाएका हुन ।
No comments:
Post a Comment