Monday, July 11, 2011

बिनोदको लागि भोट माग्दै पूर्वााचल



मोरङ पथरीमा बसेर गायन सिकिरहेका २० बर्षिय बिनोद राई रिदम नेपालद्वारा आयोजित ुसुर स्व्ाार र संगीत श्री रिद्धीसिद्धी सिङ्गिङ आइकोन नेपालु को ुटप-१०ुमा फगेपछि बिनोदलाई आइकोन जिताउन पूर्वााचल संगीतालय प्रचारमा जुटेका छन् ।
१२ हजरा प्रतियोगिलाई उछिन्दै बिनोद नेपाल टेलिभिजनको शनिबार ९ः३० बजे प्रशारणभइरहेको गायन प्रतियोगितामा अडिसन पिआनो जज र आइडल सिङ्गर सहित आठौ चरण पार गर्दै उत्कृष्ट १० मा फग्न सफल भएका हुन् ।
इलामको लुम्दे-३ मा जन्मिएर मोरङको पथरीलाई सांगीतिक विकास विकासको मुख्य थलो बनाउदै आएका राई बैशाख १४ गते झापा दमकमा पहिलॊ छनौट कार्यक्रममा अडिसन पार गर्दै राजधानी काठमाडौ प्रवेश गरेका थिए ।
अडिसन राउण्डमा राईले दिनेस गौतमको ुभोली कस्तो पो होला… र सत्यराज आचार्यको ुजस्ले तिम्लाई… बोलको गीत गाएर निर्णाकको मन तिजेका थिए ।
सुरिलो स्वरका धनी विनोदले काठमाडौंमा भएको पहिलो चरणको छनौटमा दिनेश गौतमकै ुपीउने हरु… बोलको गीत प्रस्तुत गरेर ३ सय प्रतिष्प्रदीहरुकोवीचबाट ५० जनामा आफूलाई उभ्याए । ुको रुँदैन होला मनमा सारै चोट परेपछि… बोलको राजेशपायल राईको गीत गाएर एक पछि अर्को चरण पार गर्दै २५ जनामा अघि बढे ।
चौथो चरणमा भएको युगल गायनमा विनोद राईले सुर्खेतकी प्रतिष्प्रदी सुम्निामा िसंहसंग ुआँदिसरी तिम्रो माया… बोलको गीत गाएर २२ जना र यम बरालको ुबदलुको घुम्टोले… बोलको गीत प्रस्तुत गरी १९ जनामा छनौट भए । जज राउण्डमा निर्णायकले दिएको गोपाल योाजनको ुबनेको छ पहराले यो छाती मेरो… बोलको राष्ट्र भक्ती गीत गाएर बिनोदले उपस्थित दर्शक र निर्णयकको मन जिते ।
आइडल सिङ्गर राउण्डमा बिनोदले राजेशपायल राईलाई रोजे र ुतिमिलाई रोजे… त्यसपछि भक्तराज आचार्यको ुमुटु जलिरहे छ… लगायतका मिठा गीतहरुका साथ बिनोद राई यतिवेला ुसिङ्गिङ आइकोनुको ुटप-१०ु मा परेका छन् । < विनोदसंगै झापाका अनिष श्रेष्ठ कमल रसाइली टंक दुतराज विषाल न्यौपाने मोरङका निसान भट्टराई काठमाडौंको राजु तामाङ सुष्मा विक सुर्खेतकी सुम्निामा िसंह र प्रज्ञा श्री विश्वकर्मा टप टेनमा परेका हुन् । मिठा स्वारकै कारण बिनोद टप-१० मा सहज रुपले फगेका छन् । प्रतियोगिताका यतिवेला भोटिङ्ग राउण्डमा प्रवेश गरेको छ । सिङ्गिङ आइकोन बन्न दर्शकको भोटको आवश्यकता पर्छ । त्यसै कारण उनी गायन सिकिरहेको मोरङ पथरी स्थित पूर्वााचल संगीतालय बिनोदलाई आइकोन जिताउन जोडतोडले प्रचार प्रशारमा जुटेका छन् । संगीतिालयको प्रोपाइटर अबोध पन्धाकको नेतृत्वमा ब्यानर पोष्टर ब्रुसर बनाएर चौकचौकमा टाँस्ने र वितरण गर्ने काम भइरहेको छ । विनोदलाई भोट माग्न मोवाइल कासर्ट समेत गर्ने योजना रहेको पन्धाकले बताए । टप-१० मा छनौट भएपछि भोट माग्न पूर्व आएका विनोद आफैपनि यतिबेला मोरङ झापा इलाम सुनसरी लगायतका क्षेत्रमा भोट माग्न हिडिरहेका छन् । आफू अध्ययनरत विद्यालय कलेज र साथिहरुले बिनोदलाई जिताउन प्रचार अभियान सुरु गरेका छन् ।

ुपूर्वााचल संगीतालयुमा गायनमा डिप्लोमा गरिहेका बिनोद दर्शकलाई भोट माग्दै भन्छन ुतपाईलाई मनपर्ने जस्तोसुकै गीत गाउन सक्छु त्यसैले तपाइहरुको भोट पाए सिङ्गिङ आइकोन बन्छु भन्ने आत्मा विस्वास छ ।
विनोद राईलाई भोट गर्न चाहने दर्शकहरुले जुनसुकै मोवाइलबाट म्यासेज बक्समा गई कष्कउबअभश्रदष्लयम टायप गरी ३२६४ मा एसएमएस गरिए उनको सिङ्गिङ आइकोन बन्ने मार्ग खुल्ने छ । विनोद भन्छन् ुकार्यक्रम हेरेर एउटा राम्रो प्रतिभालाई भोट गरिदिनु होला ।मोरङ पथरीको पाचायत उच्च माविबाट १२ कक्षा पास गरेर झापा दमकको दमक टेक्निकल एजुकेशन फाउण्डेसनमा कम्प्युटर सव ओवरसेयर गरिरहेका बिनोद राई यो प्रतियोगितामा मात्र होइन पूर्वााचलमा हुने गरेको बिभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत दर्शकको राम्रो तालि पाउने गरेका छन् ।
रहरै रहरमा गीत गाउन थालेका बताउने बिनोदले प्रतियोगितामा गीत गाइ सकेर निस्केपछि दर्शकले दिएको हौसला र पूर्वााचल लगायतका देशभरका श्रोताको माया पाउने आशा राख्दै फेरी भन्छन ुमलाई भोट दिनुसु ।
प्रस्क्ततीः अर्जुन जम्नेली राई

No comments: