Monday, July 18, 2011

अमेरिकामा डक्टर बन्ने शरणार्थी विद्यार्थीको चाहाना



तस्रो राष्ट्र पुनरबास कार्यक्रम अन्तरगत दुई बर्ष अघि अमेरिका फगेर भिजिट भिसामा नेपाल आएका एक शरणार्थी विद्यार्थीले आफू डाक्टर बन्ने लक्षको साथ अध्ययन गरिहेको बताएका छन् । झापाको खुदुनाबारी शरणर्थी शिविर सेक्टर जी १ हट नम्बर १२ का २० बर्षिय विष्णु काफ्ले दुई बर्ष अघि पुनरबास कार्यक्रम अन्तरगत अमेरिका फगेका थिए । शिविर भित्रैबाट प्रथम डिभिजनमा एसएलसी गरेर मेची बहुमुखी क्याम्पस भद्रपुर झापामा पढ्दै गरेका काफ्ले दुई बर्ष अघि अमेरिका गएका थिए ।
अमेरिकामा विद्यालय भर्नाहुन भने त्यती सजिनो नहुने काफ्लेले बताए । अत्तराष्ट्रिय आप्राबास संगठन आइ।ओ।एमले इन्टर नेशनल रेस्क्यु अफ एट्लान्टा नामक सस्था मार्फत काफ्ले अमेरिकाको एट्लान्टा जर्जिया फगेका हुन् ।
सो सस्थाले काफ्लेलाई जर्जियाको एउटा काठबाट निर्मित अपार्टमेन्टको एउटा कोठामा फर् याए । जहाँ उनलाई खाना बस्नको ब्यबस्था मिलाइएको थियो । त्याहा फगेको भोलिपल्ट सो ठाउँको बातावरण कोठामा एसी खाना पकाउने ग्यास चलाउने र आगलागी भए बच्ने तरिकाको बारेमा जानकारी दिए ।
अमेरिकामा आफूलाई पढ्ने इच्छा भएपनि त्याहाको बारेमा जानकारी नभएकोले एट्लान्टा फगेको केही हप्ता आफूलाई जिम्मा लिएको सस्थाले दिएको ९० डलरको चेक साटेर बसेको बसेको बताए ।
अमेरिका फगेको केही महिनापछि विरामी भएर उपचारको लागि अस्पतालमाहुदा काठमाडौबाट पढ्न गएका नेपाली विद्यार्थी निपेस बस्नेतसंग भेट भयो । उनलाई आफूले बढ्ने वातावरण बनाई दिन आग्रह गरेको काफ्लेले बताए ।
बस्नेतले केही समयपछि एट्लान्टाका ब्यापारी जोन कोकसंग भेट गराएर उनै ब्यापारीको घरमा बसेर ग्यालो वेल भन्ने विद्यलायमा विज्ञान विषय लिएर बढ्न सुरु गरेको उनले बताए । अहिले सम्पूर्ण पढाई खर्च उनै ब्यापारीले स्पन्चर गर्दै आएको काफ्लेले बताए ।
ुपहिलो दिन विद्यालय जाँदा गोरा शिक्षक र विद्यार्थीहरुले काहाँबाट आएको भन्ने प्रस्न गरे मैले नेपाल भने उत्तर दिएँ तर उनीहरुले नेपाल चिनेनन् ।ु काफ्लेले भने ुमाउण्ट भएरेष्ट भएको देश भनेपछि एस भने ।ु
काफ्लेको बुझाइमा अमेरिकामा एकले अरुलाई सम्मान गर्ने गर्दा रहेछन् । नेपाली समाजमा जस्तो एकले अर्कालाई खसाएर बोल्ने अरुले प्रगती गरेको देखेर डाही गर्ने हुदा रहेनछन् सँधै अरुको प्रसंशा गरेको पाएँ ।
शिक्षक आउदा विद्यार्थीहरु कोही ढल्किरहेका हुन्थै केही सुतेरै सुनिरहेका हुन्थै त कोही एक आपसमा कुरा गरिरहेका हुन्थै । एकले अर्कोलाई किस खानु त्याहाँ नेपालमा हात मिलाए जस्तो रहेछ । सुरुमा कस्तो अनुशासन विनको विद्यार्थीहरु जस्तो लाग्यो । काफ्लेले भने त्याहा विद्यार्थीलाई पनि पुरा प्रजातन्त्र÷स्वतन्त्र हुदा रहेछन् ।
कक्षा कोठामा स्वतन्त्र भएपनि शिक्षकले दैनिक प्राय सबै विषयको होम वर्क दिन्छन् । राति २ बजेसम्म लगाएर पनि होम वर्क गर्नुपर्छ विरामी भएँ भनेर माफी पाइन्दैन् । अमेरिकाको पास मार्क ७२ हो । ९० देखि १०० सम्म ल्याउने परीक्षार्थी राम्रो विद्यार्थीको रुपमा गनिन्छ ।
दैनिक होम वर्कको पनि परीक्षामा नम्बर जोडिन्छ । अमेरिकामा कोही पनि फेलहुदैनन् । बार्षिक होम वर्क र नम्बरको आधारमा विद्यार्थीहरुलाई ग्रडिङ्ग गराएर पास गराउने सिस्टम रहेको काफ्लेले सुनाए । शैक्षिक वातावरण बु७३डठज्ञण्सदै भविश्यमा मेडिकल डक्टर बन्ने उदेश्यका साथ आफू मेहनत गरिहेको उनले बताए । प्राय सबै विद्यार्थी निजी कार लिएर विद्यालय आउछन् । कार कुदाउनु सामान्य कुरा भएकोले आफूलाई पनि घरमालिकले कार दिएको उने बताए ।
दुई बर्षसम्मको अमेरिका बसाइमा त्याहाका नागरिकमा इमान्दारिता र सधै सकारात्मक सोच राख्ने कुरा आफूलाई मन परेको बताए । सौचालयमा पैसा लाग्दैनन् । बाहिर दिसा पिसाप गरे प्रहरीले रसिद दिन्छ ।
प्रहरीसंग नागरिक डराउछन् । प्रहरीको जरिवानामा पर्ने ब्याक्तीलाई सरकारी रोजगारी र ब्यापार गर्न वार घर बनाउन बैंकले लगानी गर्दैनन् । मानिस संधै ब्यास्त हुन्छन् । सडकमा गाडी बाहेक केही हुदैनन् । त्याहाका नागरिक जतिसुकै ब्यास्त भएपनि बैठक विद्यालय र कार्यालयमा समयमा फग्छन् । नगद कसैले बोक्दैनन् । सर्वाजनिक बसमा समेत एटिएम विलिङ्गको ब्यबस्था छ । बसमा कन्डक्टर र खलासीको आवश्यकता छैन् । ठिकठिक स्थानमा फगेपछि बसको ढोका आफै खुल्ने बन्द हुन्छन् ।
१८ बर्ष नाघेका ब्यक्तीलाई विद्यालयमा भर्ना दिदैनन् । १८ बर्ष मुनिका ब्यक्तीलाई चुरोट र २१ बर्ष मुनिकालाई वियर लगायतका मादक पदार्थ प्रतिबन्द भएको आफूले बुझेको काºलेले बताए । शरणार्थीहरुलाई अमेरिका फगेको केही हप्तापछि वर्क परमिट र दुई बर्षपछि गि्रन कार्ड पाउने काºलेले बताए । नेपालबाट मास्टर डिग्री गरेर गएपनि अमेरिकामा इक्युभ्यालेन्ट नगरिदिने भएकोले नेपालको प्रमाणपत्रको कुनै भ्यालु छैन् । त्यसकारण नेपालबाट जुनसुकै विषयमा डिग्री गरेर गएपनि होटल अस्पताल उद्योग लगायतमा मजदुरी गर्नु परेको उनले बताए ।

No comments: