Monday, July 18, 2011

सबैदलको कमजोरीले शान्ति र संविधान अलपत्रः गगन



उर्लाबारीनेपाली काग्रेसको युवा नेता गगन थापाले दलका नेताहरु आफ्नै दलभित्र गुटबन्दीमा लगेकोले शान्ति र संविधानको काम अघि नबढेको बताउनु भयो ।उर्लाबारी मोरङबाट प्रकाशित निगरानी डटकम दैनिकको आज आयोजित बिमोचन समारोहमा बोल्दै नेता थापाले सो कुरा बताउनु भएको हो । एकिकृत माओवादीको घर झगडाको कारण सेना समायोजनको लागि गठन भएको बिषेश समिति र संविधान सभाको बैठक बस्न नसकेको थापाको आरोप थियो । उहाँले संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङ्गसंग १५ पटकसम्म भेटेर बैठक राख्न आग्रह गर्दापनि बैठक नभएको उल्लेख गर्दै शान्ति र संविधान निर्माणमा युवाहरुले दबाब सिर्जना गर्नुपर्ने बताउनु भयो ।
सुपि्रम पब्लिकेशन प्राली उर्लाबारीका अध्यक्ष खड्ग फागोको सभापतित्वमा भएको कार्यक्रममा ब्रोड कास्टिकङ्ग एसोसियसनको केन्द्रीय उपाध्यक्ष तथा पाथीभारा एफ।एम।sा प्रबन्ध निर्देशक राजेन्द्र चौलागाई नेपाल पत्रकार महासंघ मोरङको सहसचिव केदार चौहान एकिकृत माओवादीको उर्लाबरी इाचार्ज प्रेम घिमिरे एमालेका गंगा बास्तोला नेपाली काग्रेसका उर्लाबारी सभापति बीरवल थापा लगायतले पत्रिका सफलताको शुभकामना दिनुभएको थियो ।
नेपाली काग्रेस ९ नम्बर क्षेत्रीय सभापति समेत रहनु भएका खड्ग फागो लगायतका लगानीमा आजैदेखि निगरानी डटकम दैनिक पत्रिका प्रकाशन सुरु भएको हो ।

No comments: