नेपाल आदिबासी जनजाति महासंघ विराटनगर समन्वय समितिको मंगलबार भएको पहिलो अधिबेसनबाट मिलन राईको अध्यक्षतामा १४ सदस्यिय समिति निर्वाचित भएको छ ।
समितिको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो । जम्मा १५ मत खसेकोमा राईले अजेस लिम्बूलाई चार मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पदमा निर्वाचित राई पूर्व डीएसपी हुन् ।
समितिको कोषाध्यक्ष पदमा ऋषिकेस चौधरीलाई ६ मतले पराजित गर्दै कल्पना िसंह निर्वाचित भएका हुन् । एक महिना अघि भएको अधिबेसनमा अध्यक्ष र कोषाध्यक्ष पदमा सहमति हुननसकेपछि मंगलबार निर्वाचन भएको महासंघको जिल्ला उपाध्यक्ष बेदेन्द्र श्रेष्ठले बताए ।
समितिको उपाध्यक्षमा लक्ष्मी राजबंशी सचिवमा चिनकाजी मगर सहसचिवमा अरबिन्द कुमार मण्डल यस अघिनै सर्बसहमत चयनहुनु भएको थियो । सदस्यहरुमा गोविन्द कुमार उराउ धनबहादुर थामी देवि धिमाल नरेश कुमार िसंह चन्दन देवान निर्मलकुमार तामाङ िसंहबहादुर सुनुवार गोपाल झजेल र अमृत गुरुङ सर्बसहमतिका आधार चयनहुनु भएको नव निर्वाचित समितिको अध्यक्ष मिलनकुमार राईले बताए
No comments:
Post a Comment