मोरङको शनिश्चरे-१ ऐयाबारीमा पुरानो रिसइविबाट सुरु भएको दुई युवा समुहवीच कट्टी प्रहारहुदा दुई जना गम्भीर घाइते भएका छन् । प्रहरीले कटुवा पेस्तोल सहित दईवटा बन्दुक सहित अबैध सामानहरु सहित एकजनालाई पक्राउ गरेको छ ।
कट्टी प्रहारबाट शनिश्चरेका २२ बर्षिय दलबहादुर राई र ३५ बर्षिय काजी राई गम्भीर घाइते भएका छन् । टाउको हात कमर लगायतका स्थानमा कट्टी प्रहार भएका दुवै घाइतेको झापा दमक स्थित आम्दा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी निरीक्षक गणेश बास्तोलाले बताए । घाइते मध्ये एकजना भुटानी शरणार्थी शिविरको भएको बुझिएको छ ।
शनिश्चरे ऐयाबारीको त्रिवेनी चौकका भूफ प्रहरी जवान कृष्ण कार्कीको घरबाट एउटा कटुवा पेस्तोल एक थान लोड गरिएको भरुवा बन्दुक मृगको छाला एक थान भाला खुक्ररी लागू औषध लगायतका सामाग्री नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी नायव निरीक्षक अनुप निरौलाले बताए । झडपमा फगेका प्रहरीलाई अवरोध गर्न खोजेको आरोपमा सोही स्थानको कॄष्णक्रमारी लिम्बू सहितको दुई जनालाई समेत पक्राउ परेका छन् ।
घट्ना बिबरण अनुसार फरानो रिसइविको कारण मंगलबार साँझ शनिश्चरे-१ पशुपति बस्तीमा त्रिवेनी चौकका युवाहरुले प्रगतिटोलका श्याम परियारल्ााई कुटपिट गरेका थिए । त्रिवेनी टोलका ठूलो युवा समूहले लगातार कुटपिट गरेपछि पवित्रटोलका शन्तोष क्तम्सा लिम्बूले छुटाउने प्रयास गरेका थिए । मंगलबार कुटपिटमा परेका श्याम परियार पनि गम्भीर घाइते भएको स्थानीयबासीहरुले बताएका छन् ।
छुटाउने प्रयास गर्दा परियारलाई कुट्ने सुरज कार्की बाबुलि विक प्रकाश लिम्बू बिक्रम धिमाल लगायतले आफूलाई समेत कुटपिट गरेको शन्तोष लिम्बूले बताए ।
सोही विषयलाई लिएर बुधबार अपरान्ह ४ बजे हातमा तरवार कट्टी खुकुरी ढुङ्गा र लाठी लिएका २०-२५ जनाको त्रिवेनी चौकका समूहले नजिकै रहेको पवित्रटोलमा रहेको शन्तोष लिम्बूको घरमा आक्रमण गरेका थिए ।
हतियारधारी ठूलो समुहले आक्रमण गरेपछि शान्तोष लिम्बूको घरमा जम्मा भएर बसेका समूह प्रतिकार नगरी भागेर ज्यान बचाएका थिए । त्रिवेनीचौकका समूहले सन्तोष लिम्बूको घरमा बसेका युवाहरुलाई खेदाएर कट्टी प्रहार गरी दुईजनालाई मरनासन्न बनाएका हुन् ।
हतियारधारी युवाहरुको ठूलो समूह चौक चौकमा खेदाखेद गर्दा ऐयाबारी दिनभर आतंकित बनेका थिए । यसरी चौक चौकमा हतियारी युवाहरु झडपको स्थितिमा भएको प्रहरीलाई जानकारी आएपनि इलाका प्रहरी कार्यालय पथरीमा सवारी साधन गाडी नभएकोले तत्काल त्याहा फग्न नसकेको कारण त्रिवेनीचौकले पवित्रटोलका युवा समूहलाई कट्टी प्रहार गरेर भाग्न भ्याएका थिए ।
इलाका प्रहरी कार्यालय पथरीले इप्रका बेलबारी शसस्त्र प्रहरी बेश क्याम्प शनिश्चरे र सुरक्षा बेश क्याम्प पथरी र संयुक्त प्रहरी बेश क्याम्प शनिश्चरे शिविरका प्रहरीको टोली घट्ना भएको करिव १५ मिनेटपछि त्याहा फगेका थिए । कार्यालयमा सवारी साधन नभएपछि घट्नाको जानकारी पाउनसाथ इप्रका पथरीले छिमेकी प्रहरीको गाडी मगाएका थिए ।
बिभिन्न स्थानबाट प्रहरी मगाएर घट्ना स्थल फगेका इप्रका पथरीको प्रहरी निरीक्षक गणेश बास्तोला र प्रनानी अनुप निरौलाका सकि्रयतामा त्रिबेनीचौकको बिभिन्न घरहरुमा सर्च अनुसन्धान गरेका थिए ।
अनुसन्धानको क्रममा कृष्ण कार्कीको घरबाट अबैध सामान पक्राउ परेको हो । चोरी शिकारीमा प्रयोगहुने उक्त हतियारहरु बेलाबेलामा झगडा तथा लुटपाटमा समेत प्रयोगहुने गरेको स्थानीयबासीले बताएका छन् । करिव सय मिटरको दुरीमा रहेको त्रिवेनी र पवित्र टोलमा यरी घट्ना भएपछि गाउँफरै आतंकित बनेका छन् । स्थानीय राजनैतिक दलका प्रतिनिधि सामाजिक सस्था तथा प्रहरी प्रशासनले घट्नालाई समान्य नबनाए कुनैपनि बेला ठूलो घट्नाहुन सक्ने संभाबना भएको स्थानीयबासीको भनाइ रहेको छ ।

No comments:
Post a Comment