Wednesday, August 3, 2011

पत्रकार उजुर राईको घरमा आगलागी, सहयोगका लागि अपिल

नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजका सदस्य तथा एवीसी टेलिभिजनका
उदयपुर संवाददाता उजुर राईको खोटाङस्थित घरमा आगलागी भएको छ । आज बुधबार
बिहान ११ बजे भएको आगलागीबाट साढे पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति
भएको छ ।
खोटाङ दाम्राङ-८ स्थित घरमा आगलागी हुँदा क्यामेरा ल्यापटप लगायतका
सामानहरु जलेर नष्ट भएको पत्रकार राईले जानकारी गराउनुभएको छ । विद्युत
आपूर्तिमा आएको गडबडीका कारण आगलागी भएको प्रहरीले जनाएको छ । घरमा कोही
नभएका कारण मानवीय क्षति भने भएन ।
घरका खानेकुरा सबै जलेका छन् । भाडावर्तन लत्ताकपडा केही छैन । घर
भग्नावशेषमा परिणत भएको छ । अहिले पत्रकार राईलाई समस्या परेको छ ।
तपाईहरुको सानो सहयोग पनि पत्रकार राईका लागि अहिले महत्वपूर्ण हुनेछ ।
त्यसैले तपाईहरुले सक्दो सहयोग गरिदिनु हुनका लागि अनुरोध छ ।

No comments: