Monday, January 11, 2010

कतारमा एक नेपालीको शव चार महिनादेखि बेवारिसे अबस्थामा

बैदेशिक रोजगारीको लागि कातार पुगेको एक नेपाली मृत्यु भएको चार महिना बितिसक्दा समेत मृतकको शव नेपाल ल्याउनु समस्य भइरहेको किरात राई यायाक्खा कतारले जनाएको छ ।

कतारमा बिरामी परेर मृत्यु भएको सिजमान राईको शव ४ महिनादेखि कतारको अमदा अस्पतालमा अलपत्र परेको यायोक्खा कतारको उपाध्यक्ष ओमीराज राईले फोन सम्पर्कमा बताउनु भयो ।

त्याहा स्थित नेपाली दुताबासबाट राईको शव अलपत्र परेको बारेमा जानकारी पत्रपठाए पछि आफूहरुलाई भर्खरै थाहा भएको राईले बताउनु भयो ।

कानूनीरुपमा काम गर्न बसेका नेपालीहरुको मृत्यु भएमा मृतकको शव नेपाल ल्याउन कतारी रियल ५ हजार लाग्ने र सो खर्च नेपाल सरकारले ब्याहोर्ने ब्याबस्था रहेको छ । मृतक राई भने गैरकानूनीरुपमा काम गर्दै आएकोले कतारी कानून अनुसार शव नेपाल पठाउन कठिनाई भएको उपाध्यक्ष राईले बताउनु भयो ।
मृत्यु भएको चार महिना बितिसक्दा पनि मोरङको बेलबारी घर भएको बताईएपनि उनको घर परिवार र आफन्तहरु संग सम्पर्कहुन नगरेकोलॆ उनको शव के गर्ने भन्ने समस्या भइरहेको राईले बताउनु भयो । कतार स्थित नेपाली दुताबासले शव नेपाल ल्याउने खर्च बेहोर्ने जनाएपछि शव नेपाल पठाउन कतारको लेवर कोटमा मृतक राइको शव नेपाल पठाउन पाँउ भनि निबेदन दिएको उपाध्यक्ष राईले बताउनु भयो । लगातार प्रयास गर्दा सम्म मृतक राईको आफन्तहरु संग अहिले सम्म सम्पर्कहुन नसकेकोले कतारी लेवरकोटले शव नेपाल पठाउन दिने निर्णय गरेपनि शव कसलाई जिम्मा दिने भन्ने समस्य परिरहेको किरात राई यायोक्खाको कतार उपाध्यक्ष ओमीराज राईले बताउनु भयो

No comments: