Monday, January 11, 2010

बाबुको शव नेपाल ल्याउनु सहयोग गर्न अनुरोध

कतारमा मृत्यु भएको सिजमान राईको घर मोरङ बेलबारी-९ भएको पत्ता लागेको छ ।

बैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेको सिजमान राईको छोटो बिरामको कारण अचानक कतारमा मृत्यु भएको थियो । काम गर्ने भिसा सकिएको राईको गएको साउनमा कतारको अमदा अस्पतालमा मृत्यु भएको थियो । अस्पतालमा मृत्यु भएको राई शव अहिले सम्म कतारको अस्पतालमै रहेको छ ।

पछिल्लो समयमा कतार स्थित नेपाली दुताबासले शव दाहासस्ककार गर्ने कि नेपाल पठाउने प्रकृया अगाडि बढाउने भनेर किरात राई यायोक्खा कतारलाई पत्रलेखे पछि सो विषयमा किरात राई यायोक्खा कतारले पनि शवको बिषयमा खोजतलाश शूरु गरेको हो ।

दुताबासदेखि पत्र आएपछि किराया कतारले त्याहाको श्रमिक अदालतमा शव नेपाल पठाई पाँउ भनि निबेदन दिएको र त्यसको फैसला हप्तादिनमा आत्र आउने अदालतले बताएको यायोक्खा कतारको उपाध्यक्ष ओमीराज राईले फोन सम्पर्कमा बताएको छ ।

राईले दुई दिन अघिको सम्पर्कमा मृतक सिजमानको आफन्तहरु समेत सम्पर्कमा नभएकोले अदालतले शव नेपाल लानदिने फैसला गरेपनि कस्लाई जिम्म दिने भन्ने समस्य रहेको बताएका थिए । उक्त समाचार पुस २७ गतेको औजारमा प्रकाशन भएपछि मृतक राईको छोरा दीपक राईले कतारमा मृत्यु भएको सिजमान राई आफ्नो बाबु भएकोको बताउदै शव नेपाल ल्याउन सहयोग गरिदिन सबैसंग अनुरोध गरेका हुन् ।

घट्ना बिबरन अनुसार सिजमान सात बर्षदेखि कतारमै काम गर्दै आएका थिए । छोरा दीपक पनि मेन पावरबाट बैदेसिक रोजगारीकै लागि कतार गएपनि कतारको एयरपोटमा कम्पनि लिन नआएपछि बाबुसंगै काम गर्न बसेका थिए ।

केही समय काम गरिसकेपछि गए साउनको एक साँझा बाबुलाई एक्कासी ज्व्ारोले सातायो । त्यतिकैमा अस्पताल भर्ना भएकै दिन बाबु सिजमानको मृत्यु भएको र शव नेपाल ल्याउने प्रकृया बुझ्नो सवालमा आफू पनि परेको र २८ दिनपछि आफूलाई त्याहाबाट नेपाल पठाएको कथा छोरा दिपक राईले बताए । नेपाल आएपछि बाबुको शव नेपाल ल्याउने अनेक प्रयास गर्दा पनि कसैबाट सहयोग नपाएको बताउदै शव ल्याउन सहयोग गरिदिन मानवअधिकारबादी साचारकर्मी लगायत सबै संग अनुरोध गरेका छन् ।

No comments: