Thursday, December 31, 2009

आदिबासीको नेपाल बन्द

आगामी संविधानमा आदिबासी जनाजातिको अधिकार स्थापित गर्न माग गर्दै ुआदिबासी जनजाति बृहत मोर्चाुले सुक्रबार पुस १७ गते सुक्रबार एक दिने नेपाल बन्दको आव्हान गरेको छ ।संविधानमा आदिबासी जनजातिहरुको अधिकार स्थापना गर्ने जनाउदै कृष्णबहादुर भट्टचनको नेतृत्वमा बनेको सो संगठनमा आदिबासी जनजाति महासंघ जातिय तथा राजनैतिक संगठनहरु समेत संलग्न रहेको छ । सो संगठनले आदिबासी जनजातिहरुको अघिकार उल्लेखित नभएको भन्दै संविधान सभाको उप समितिहरुले पारित गरेर पठाएको आगामी संविधानको लागि पठाएको धाराहरु समेत जलाएका थिए । यसैवीच माच सम्बद्ध संघीय धिमाल स्वायत्त परिषदको अध्यक्ष बाङ्गाई घिमालले आज एक बिज्ञप्ति प्रकासन गरी भोलिहुने बन्द सफल पार्न सहयोग गरिदिन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले बन्द गर्नको लागि शसक्त र शान्तिपूर्ण ढङ्गले लाग्न समेत कार्यकर्ताहरुला निर्देशन दिएका छन् ।

No comments: