मोरङ- भुटानी शरणाथिए शिविरे शनिश्चरे मोरङकामा आयोजित ुअन्तर शिविर युवा च्याम्पेनशिप फुटबल प्रतियोगिताुको उपाधि पुरुषको सांगि्रला स्पोटिङ्ग फुटबल क्लब शनिश्चरे र महिला तर्फ टिमाईले उचालेको छ । बुधबार भएको पुरुष तर्फको फाइनल खेलमा शनिश्चरेकै अम्बिका फाउण्डेसन फुटबल टिमलाई १-० गोलले पराजित गर्दै सांगि्रला स्पोटिङ्ग क्लबले उपाधि हाता पारेको हो । स्रांगि्रलाको खेलाडि शन्तोष बानियाले खेलको अन्तिम समयमा एक मात्र निर्णयक गोल गरेका थिए । महिला तर्फको खेलमा निर्धारित समयमा दुबै टिम गोल रहित बराबारी भएपछि निर्णयको लागि ट्राइब्रेकर गराएका थिए । ट्राइब्रेकरमा टिमाईका खिना खनाल र े उर्मिला समाले गोल गरेका थिए । शनिश्चरे टिमको तर्फबाट भने भुपाकुमारी बिष्टले एकमात्र सान्तोना गोल गरेकी थिइन् ।यस बर्षको ुबर्षा खेलाडि २००९ु खुदुनाबारीकी सिर्जना घले र सांगि्रला स्पोटिङ्ग टिमको खेलाडि सुवास काफ्ले घोषित भएका छन् । दुबैजनालाई शनिश्चरे शिविर स्थित आम्दा अस्पतालद्वारा प्रायोजित ट्रफी प्रदान गरिएको थियो ।प्रतियागिताको महिला तर्फ बेल्डागी-२ की शोभा तिवारी बेष्ट र पुरुष तर्फ खुदुनाबारीका खेलाडि कमल साउदेन ल्पेयर अफ द म्याच घोषणा भए । त्यसैगरी खेल अबधि भरी ३ गोल गर्ने खुदुनाबारीको देवान सेवा र महिला तर्फ २ गोल हान्ने टिमाइको पुजा गुरुङ्ग हाई स्कोरर घोषित भएका छन् । बिजेता तथा उपबिजेता टिमका खेलाडिहरुलाई नगद ट्रफी प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो ।युवा मैत्री केन्द्र वाई।एफ।सी।द्वारा आयोजित खेलमा झापा मोरङको सात शिविरबाट महिला र पुरुष दुबैतर्फको ८-८ टिम सहभागि गराएका थिए । कार्यक्रममा खेलकुद विकाश समिति मोरङको अध्यक्ष दिपेन्द्र धिमाल प्रशिक्षक शन्तोष बानिया शनिश्चरे शिविर सचिव चम्पािसंह राई उपस्थित रहेका थिए । भुटानी शरणर्थीहरुलाई सहयोग गर्दै आएको शरणार्थि सम्बन्धि उच्चायोग यु।एन।एच।सी।आर। र एफ।सी। बार्षिलोनाको सहयोगमा हुने यो फुटबल खेल शिविरकै सबभन्दा ठूलो खेल हो । स्थानीयबासी र शरणार्थिहरुको सम्बन्ध राम्रो बनाउने र शरणार्थी खेलाडिहरुको क्षमता बृधी गर्ने उदेश्यले खेलाइने खेल बर्षमा एक पटकहुने गर्दछ
No comments:
Post a Comment