किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलनको प्रचारप्रशारको लागि बिहिबार झापाको दमकमा भएको मैत्रिपुर्ण फुटबल खेलमा सम्मेलन आयोजक समितिलाई ३-० ले पराजित गर्दै दमक पत्रकार माच बिजय भएको छ ।
दमक बहुमुखी क्याम्पसमा भएको खेलमा पत्रकार माचको तर्फबाट पत्रकार मनकुमार लिम्बु र अजित धिमालले गोल गर्नु भएको थियो । आर्को गोल भने किरात राई विद्यर्थी संघको सम्मेलन आयोजक समिति सदस्य बलराम राईले आत्माघाति गोल गर्नु भएको थियो ।
खेल शुरुहुनु भन्दा अघि दमक बहुमुखी क्याम्पस प्रमुख हरी जैसवाल दमक पत्रकार माचको अध्यक्ष चेतन अधिकारीले सम्मेलन सफलताको शुभकामना ब्याक्त गर्नु भएको थियो । कार्यक्रममा संघको निबर्तमान अध्यक्ष तथा सम्मेलन आयोजक समितिको संयोजक भोगिराज राईले संगठनको तर्फबाट खेलाडि पत्रकारहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । सो संगठनको आगामि मंसिर २७ २८ र २९ गते पाँचौ राष्ट्रिय सम्मेलन हने भएको छ । सम्मेलनको उद्घाटन गर्न संबिधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुबेदी आउने आयोजक समितिले जनाएको छ ।
No comments:
Post a Comment