Saturday, December 5, 2009

राई विद्यार्थी संघमा विन्दु

पथरी÷किरात राई विद्यार्थी संघको शनिबार दमकमा भएको तेस्रो जिल्ला सम्मेलनले बिन्दु राईको अध्यक्षतामा १७ सदस्यिय जिल्ला कार्य समिति सर्बसम्मत चयन भएको छ ।
निर्बाचित समितिको उपाध्यक्षमा बिमला राई सचिवमा किरण राई सहसचिवमा मिलन राई र कोषाध्यक्षमा पुजा राई चयनहुनु भएको छ ।
समितिको सदस्यहरुमा मोहन राई कुशल राई सजिना राई मिना राई ललित राई राजन राई सोना राई सदिप राई शुसिला राई निर्मल राई संगिता राई सुरज राई चयन हुनु भएको हो ।
सम्मेलनको लागि संघको केन्द्रीय उपाध्यक्ष कृष्णकुमार राई रबिन राई महासचिव धिरेन्द्र रुम्दाली सचिव दिपेनवाला राई केन्द्रीय भाषा धर्म तथा सस्कृति बिभाग प्रमुख अर्जुन जम्नेली राई केन्द्रीय सदस्य उत्तम राई केन्द्रीय पार्षद अनिलदेब राई लगायतका केन्द्रीय प्रतिनिधिहरु सहभागि रहनुभएको थियो ।किरात राई विद्यार्थी संघले पुर्बको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्य निर्माणहुनु पर्ने माग गर्दै आएको छ । संघको पाँचौ केन्द्रीय सम्मेलन पनि आगामि मंसिर २७ २८ र २९ गते हुने भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।

No comments: