Friday, December 25, 2009
शरणार्थि शिविरमा फुटबल प्रतियोगिता शूरु
भुटानी शरणार्थी खेलाडिहरुको क्षमाता विकाश र स्थानीयवासीसंग शरणार्थीको सम्बन्ध सुमधुर बनाउने उदेश्यले शरणर्थी शिविर शनिश्चरेमा ुइन्टर क्याम्प युथ च्याम्पेनशिप फुटबल प्रतियोगिताु बिहिबारदेखि शूरु भएको छ ।युवा मैत्री केन्द्र वाई।एफ।सी।द्वारा आयोजित महिला तर्फको बुक्रबार भएको प्रतियोगितामा बेलडागि-२ लाई १-० ले पराजित गर्दै शनिश्चरे शिविर प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । शनिश्चरेको तर्फबाट एकमात्र निर्णयक गोल डम्बरकुमारी दर्जीले गरेकी थिइन् ।त्यसैगरी पुरुष तर्फको खेलमा ट्राइब्रेकरको सहायताले बेलडागी एकलाई ५-३ गोल अन्तरले पराजित गर्दै गोलधाप दोस्रो चरणमा प्रवेश गरेको छ ।खेल अबधिभर गोलधापको सागर हुमागाई र बेलडागी एकको मनबहादुर सारुले १-१ गोलको बराबरीमा खेल सपाप्त भएपछि निर्णयको लागि ट्राईब्रेकर गराउनु परेको थियो । ट्राइब्रेकरमा गोलधापको खेलाडिहरु धनबहादुर राई टंकनाथ गजमेर बुद्धबीर सुब्बा कैलाश राई र सागर हुमागाईले गोल गरेका थिए । बेलडागी एकको तर्फबाट बुद्ध गुरुङ्ग कुमार गुरुङ्ग र गम्भीर गुरुङ्गले गोल गरेपनि बिसर्िका सुब्बाले हानेको गोल बिपक्ष टिमका गोल रक्षकले छेकेपछि सो टिम पराजित भएका हुन् ।सुक्रबारको खेलको महिला तर्फको म्यान अफ द म्याच बेलडागी २ को खेलाडी शोभा तिवारी र पुरुष तर्फको खेलमा बेलडागी १ को गम्भीर गुरुङ्ग घोषित भएका छन् ।आजको खेल महिलातर्फको शनिश्चरे र गोल्धाप तथा पुरुष तर्फको खेलमा खुदुनाबारी र बेल्डागी २ बीच हुने आयोजक वाई।एफ।सी।sाे संयोजक प्रेम धितालले बताउनु भयो । बिहिबार भएको खेलमा महिला फर्त बेलडागी १ लाई पराजित गर्दै टिमाई र पुरुष तर्फको खेलमा बेलगाडिलाई पराजित गर्दै शनिश्चरे दोस्रो चरणमा प्रबेश गरेको थियो ।शरणार्थी सम्बन्धि उच्चायोग यु।एन।एच।सी।आर। र एफ।सी बासर्िलोनाको सहयोगमा यो खेल शिविरको लागि अन्तिम खेल भएको आयोजकले जनाएको छ । खेलमा झापा-मोरङको सातै शिविरको महिला ८ र पुरुष ८ टिम सहभागि हुने आयोजकले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment