Thursday, December 10, 2009

राई विद्यार्थीको सम्मेलनको तयारी पुरा

आजदेखि ३ दिनसम्म झापाको दमकमा साचालन हुन्लागेकॊ किरात राई विद्यार्थी संघको ५औं राष्ट्रि्रय सम्मेलनको संपूर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समितिले जनाएको छ ।
पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको संघको पाँचौ राष्ट्रिय सम्मेलनको भोलिदेखि दमकमा शुरु हुदै छ ।
ुहसअस्तित्व र विभेदरहित वैज्ञानिक शिक्षामा सबैको जोड संघीय नेपालमा किरात स्वायत्त राज्य निर्माण हाम्रो अठोटु भन्ने नाराका साथ हुनलागेको सम्मेलनमा काठमाण्डौं उपत्यकाका सहित २१ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत ५ सय विद्यार्थी प्रतिनिधिहरु उपस्थित हुने सम्मेलन आयोजक समितिको संयोजक भोगिराज राईले बताउनु भयो ।
सम्मेलनको उद्घाटन गर्न संविधानसभाका उपाध्यक्ष पुर्णकुमारी सुवेदी आउनुहुने आयोजक समितिले जनाएको छ । उद्घाटन पुर्ब बिधिन्न जातिय झाकी सहित दमक नगरपालिकामा र् याली प्रर्दशन को साथै कार्यक्रममा किरात राई सांस्कृतिक कलाकार संघका कलाकारहरुले किराती मुक्तीका आकर्षक गीत तथा नृत्य प्रस्तुत हुने सम्मेलन आयोजक सस्कृतिक कार्यक्रम उपसमिति संयोजक मुाजु सोताङ्गले बताउनु भयो ।

No comments: