Saturday, December 5, 2009

ब्यानर च्यातिएको प्रति राई बिद्यार्थी अक्रोशित

किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलनको प्रचार-प्रसार तथा अतिथि स्वागतको लागि निर्माण गरिएको गेट अज्ञात समुहले च्याती दिएको प्रति सो विद्यार्थी संगठनले घोर आपत्ति जनाएको छ ।
सम्मेलनमा उपस्थित अतिथिहरुको स्वागतको लागि सम्मेलन स्थाल झापाको दमक चौकमा बनाएको गेट बिहिबार राति अज्ञात समूहले च्याती दिएका थिए ।
आगामि मंसिर २७ २८ र २९ गते झापाको दमकमा हुने संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको प्रचारको लागि बनाइएको गेट च्यातिए बिरोधमा सुक्रबार बिहान सो संगठनले आधा घण्टा सडक अबरुद्ध गरि विरोध जनाएको छ ।
कलम र धनुस अंकित झण्डा बोकेका करिव २ सय राई बिद्यार्थीहरुले सडकमा सवारी साधन राखेर कडक अबरुद्ध गरेका थिए । सडक अबरुद्ध पश्चात भएको कोण सभामा संघको केन्द्रीय सदस्य अर्जुनकुमार राईले आफ्नो संगठनको ब्यानर च्यातेर संकुचित बिचार भएका ब्याक्ती तथा समूहले लोकतान्त्रिक बिचार राख्ने किरातबासी जनसमुदाय प्रति आक्रमण भएको बताउनु भयो । लुकेर ब्याचर पर्चा च्यात्दै हिड्नेहरु आफूहरु संग बैचारिक प्रतिस्प्रदाको लागि आउनु अनुरोध गर्दै आफ्नो संगठनको ब्यानर पर्चा र भित्तेलेखन प्रति डाही गरेर बस्नेहरु आफै सिद्धिले राईले बताउनु भयो ।
किरात स्वायत्त राज्य स्थापनाको लागि शान्तिपूण आन्दोलन गर्दै आएको किरात राई विद्यार्थी संगठन प्रति यसै गरी आक्रमण हुदै गए आफ्नो संगठनले हातमा दही जमाएर नबस्ने चेतावनि दिनुभयो ।
त्यसैगरी संगठनको केन्द्रीय सचिव दिपेनवाला राईले सुक्रबारै एक बिज्ञप्ति प्रकाशन गरी दमक चौकमा टाँगिएको ब्यानर च्यातिदा सम्म प्रशासनले बेवास्था गरेकोले संगठनलाई गम्भीर बनाएको बताउनु भयो । संगठनको पाँचौ राष्ट्रिय सम्मेलन प्रति लक्षित गर्ने आक्रमणकारीलाई तत्काल पहिचान गरी कारबाही गर्न गृह्य प्रशासनलाई अग्रह गरिएको छ ।
सम्मेलनको सँघारमा गरिएको आक्रमणकारीलाई प्रशासनले बेवास्था गरे आफै आक्रमणकारीको पहिचान गरी कारबाही गरिने र त्यसबाट हुनसक्ने क्षेतीको गृह्य प्रशासनले लिनुपर्ने समेत बिज्ञप्तिमा उल्लेख छ । यस अघि पनि आफ्नो संगठनको ब्यानर र पर्चा सुनियोजितरुपमा च्यातिदै आएकोले त्यास्ता नालायक ब्याक्ती र समूहको छिट्टै पहिचान गरेर बैचारिकरुपमा नांगिने बिज्ञप्तिमा उल्ल्ोख छ ।

No comments: