पथरी÷पूर्बी मोरङको सामुदायिक वनहरुबाट अबैधानिक काठ तस्करीमा बृद्धी हुन भएको छ ।दुईदिन अघि मोरङ मधुमल्लाको मनोहर सामुदायिक वन उपभोक्ता समितिको प्रतिनिधि र वन कर्मचारीहरुको मिलेमतोमा करिव ३ सय क्युबिक फिट काठ अबैधरुपमा किनबेच भएको थियो ।कानूनीरुपमा कुनै प्रकृया नपुर् याई माधुमल्लाको उपस्वास्थ्य चौकी र मधुमल्ला-४ पाण्डेचौकमा राखिएको अबस्थामा संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ताहरुले पत्ताा तगाएका थिए ।काठ तस्करीमा वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समितिको संलग्नता भएको ठोकुवा गर्दै दुइ दिन अघि लिम्बूवानको कार्यकर्ताहरुले समिति र धानखेती रेाज पोष्टको कार्यालयमा लगाएको ताला अझै खुलेको छैन् । मंगलबारे इलाका वन अधिकृत अनिरुद्र साहाले भने वन कर्मचारीहरुको संलग्नता भए नभएको छानविन हुने बताउनु भएको छ ।त्यसै गरी केही दिन अघि यात्रुवाहक बसमा लोड गरी मोरङको टाडीदेखि दक्षिण तर्फ ल्याउदै गरेको ८० क्युबिक फिट बराबरमो १७६ थान सखुवाको अबैध चिरानी काठ इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले नियन्त्रणमा लिई इलाका वन कार्यालय मंगलबारेलाई बुझाएको छ ।काकडभिट्टा-बिराटनगर रुट चल्ने को १ ख १७३८ नम्बरको सो बस सहित इलाका वन कार्यालयले कारबाही चलाएको छ । सिजुवा-८ की रमादेवि राईको नाममा रहेको सो बस इलाका वन कार्यालयमै राखिएके छ । बस नियन्त्रणको क्रममा बसका स्टापहरु भने भागेका थिए । राजनैतिकरु प्ाार्टीहरुले चर्कोरुपमा चन्दा माग गर्दै आएकोले वनमा तस्करी बढेको इल्ााका वन अधिकृत अनिरुद्र साहाले बताउनु भयो ।
No comments:
Post a Comment