Thursday, December 31, 2009
लिम्बूवानद्वारा घर जग्गा कब्जा
६ बर्षदेखि एक महिलालाई बेपत्ता पारेको भन्दै माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदको कार्यकर्ताहरुले बिहिबार मोरङ उर्लाबारी-६ को एउटा घर र गग्गा कब्जा गरेको छ ।हङकङ्ग बस्दै आएको ममता लिम्बूले आफ्नै बहिनी शुसिला लिम्बूलाई ६ बर्ष अघि बैदेशिक रोजगारीको लागि हङ्कङ्ग पुर् याएका थिए । दुई छोरीकी आमा समेत रहेकी शुसिला हङकङ्ग पुगेको ६ बर्ष बितिसक्दा समेत कुनै माध्याम मार्फत समेत सम्पर्क नर्ग नदिइ ममता लिम्बूले बेपत्ता पारेको भन्दै उनको श्रीमान सुजनकुमार लिम्बूले परिषदको कार्यालयमा उजुरी दिएका थिए । शुसिला हङकङ्ग पुगेपछि उनको श्रीमान सुजन लिम्बू र उनको दुई छोरीहरु बस्दै आएको घर समेत ममता लिम्बूले मेरो लगानीमा बनेको भन्दै अरुलाई भाडामा लगाएपछि बिहिबार करिव ३० जनको संख्यामा त्याहा पुगेको परिषदको कार्यकर्ताहरुले झण्डा र सूचना टाँस गरी कब्जा गरेको जनाएको हो ।हङकङ्गबाट तीन दिन अघिमात्र नेपाल आइपुगेकी ममता लिम्बूलाई समेत परिषदको कार्यालयले नियन्त्रणमा लिएको बुझिएको छ । परिषद सम्बद्ध लिम्बूवान भोलेन्टियस्रको केन्द्रीय उपकमाण्डर मिलन नाल्बोले ६ बर्षदेखि श्रीमान संग सम्पर्क बिहिन शुसिला लिम्बू उपस्थिति नगराएसम्म ममता लिम्बू आफ्नो संगठनको सम्पर्कमा रहने बताउनु भयो । यता परिषदको कार्यालयमा भेटिएकी ममता लिम्बूले भने गएको बर्ष सम्म बहिनी ज्वाईको फोन सम्पर्क रहेको बताउनु भएको छ । श्रीमाति पीडित मानिएको सुजन लिम्बूले जेठिसासु ममता लिम्बूले मेरो जग्गामा घरबनाउदै गर पछि पैसा तिर्नू भनेपछि आफूले बिदेशबाट कमाएर ल्याएको पैसा लगाएर त्याहा घर बनाएको बताउछन् । घर बनाएर श्रीमति हङकङ्ग गएपछि त्यो जग्गा मेरो हो घर अन्तै लैजा भन्नुको साथै श्रीमति शुसिला लिम्बूलाई समेत उचालेर घरखर्चको लागि पैसा नपठाएपछि छोरीहरु लिएर पाहाड तेह्रथुम खुम्लालुङ्ग-२ जानुपरेको बताउछन् । घरमा ताला लगाएर पहाड गएपछि ममता लिम्बूकै निर्देसनमा सुजन बस्दै आएको घरमा लगाएको ताला फोरेर अन्य भाडावाला राखेको समेत लिम्बूको आरोप छ । लामो समयदेखि जेठि सासु ममता लिम्बूकको करणले आफू पीडित बन्नु परेको जनाउदै श्रीमति शुसिलालाई तत्काल नेपाल ल्याईदिनु पर्ने उनले हङकङ्गमा पाउदै आएको पारिश्रमिक छोरीहरुको लागि प्राप्त गर्नुपर्ने सतेत निबेदनमा माग गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment