Wednesday, December 23, 2009

राई विद्यार्थीको सम्मेलन समपन

पुर्वी नेपालको १७ वटा जिल्लालाई समेटेर किरात स्वायत्त राज्यहुनु पर्ने माग गर्दै आएको किरात राई विद्यार्थी संघको पाँचौ राष्ट्रिय सम्मेलन सोमबार झापाको दमकमा समापन भएको छ ।

सम्मेलनले किरात स्वायत्त राज्य स्थापना गर्न बिभिन्न अभियानहरु संचालन गर्ने किरात यले सम्बतका प्रबर्तक यलम्बरलाई राष्ट्रिय बिभुती घोषणा गर्नुपर्ने नयाँ संविधानमा जाति भाषा र क्षेत्रको आधारमा संघीय राज्य स्थापनाहुर्ने लगायतको १३ बुँदे दमक घोषणापत्रमा प्रकाशन गरेको छ ।

राष्ट्रपतिले जातीय स्वायत्तताको विरोध गरेकोप्रति आपत्ति जनाएकोको साथै एकिकृत माओवादीले घोषणा गर्दै आएको गणराज्य समेत स्थगित गरेर नयाँ संविधानमा पुर्वको १७ जिल्लालाई किरात स्वायत्त राज्य उल्लेख गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले रबिन राईको अध्यक्षतामा २८ सदस्यिय केन्द्रीय समितिको निर्बिरोध विर्बाचित भएको छ । समितिको उपाध्यक्षमा धिरेन्द्र रुम्दालि दिपेनवाला राई महासचिव अधिराज राई सचिव अर्जुन जम्नेली राई देविका राई कोषाध्यक्षमा खिलाराज राई सहकोषाध्यक्षमा माजु सोताङ्ग निर्बाचित हुनु भएको छ ।

समितिको सदस्यहरुमा बलराम राई गुणा राई उत्तम राई किसन राई बि्रसिका राई दिपेन्द्ररुम्दाली राई बिमला राई केशर राई रेनका राई रविन राई अनिता राई मणी दिलपाली राई ज्ञानदिप राई लक्ष्मी राई सुरेश राई ऋषी राई निरज राई सान्तबहादुर राई महेन्द्रदिप राई डेकिन्द्र राई निर्बाचित हुनु भएको छ ।

सम्मेलनले गंगा राई शान्ता राई प्रताप राई भलामान राई पदम खालिङ्ग राई रश्मी राई बिमला राई शुसिल राई निरकुमार राई रिता राई अनिल राई संघको राष्ट्रिय परिषद सदस्य चयन हुनु भएको छ ।

संविधान सभाको उपाध्यक्ष पुर्णकुमारी सुवेदीले मंसिर २७ गते उद्घाटन गर्नुभएको सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनमा किरात राई यायोक्खाको केन्द्रीय महासचिव चन्द्रविक्रम राई उपाध्यक्ष तिलक राई केन्द्रीय सदस्य पारशमणी राई लगायतका अतिथिहरु उपस्थित हुनुभएको कार्यक्रममा देशभरका शैक्षिक सस्थहरुबाट ५ सय प्रतिनिधि पर्यवेक्षक उपस्थित भएको थियो ।

No comments: